Thursday 8th October 2026

सरकारको नयाँ बजेटमा भन्सार कति बढ्यो त ?


अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्य हिजो प्रस्तुत गरे । १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका महतले सार्वजनिक खर्चमा केहि कडाइ गरेका छन् । चालु खर्च ११ खर्ब ७१ अर्ब ७८ करोड र पुँजीगत खर्च ३ खर्ब २ अर्ब ७ करोड भएको बजेटको वित्तीय खर्च ३ खर्ब ७ अर्ब ४५ करोड रहेको छ ।

अहिलेको बजेट अनुसार विदेश भ्रमणमा जानेले ५ प्रतिशत अतिरिक्त कर तिर्नु पर्ने, विदेशमा पढ्न जाने विद्यार्थीले ३ प्रतिशत कर तिर्नु पर्नेछ । विलाशिता शुल्क स्वरूप पाँच तारे वा सो भन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवामा २ प्रतिशत कर राखिएको छ भने वार्षिक ५० लाखभन्दा बढी आय भएका व्यक्तिले अतिरिक्त ३ प्रतिशत कर तिर्नुपर्ने छ ।

सानो क्षमताका विद्युतीय सवारीमा भन्सार बढाइएको छ भने ठुलो क्षमताका सवारीमा भन्सार घटाइएको छ । प्रोसेस फुडका रूपमा रहेका कुरकुरे, चिजवल र अालुचिप्समा भन्सार बढाइएको छ भने उखुको खुदो, भेली र गुंण जस्ता बस्तुमा पनि भन्सार बढाइएको छ ।

नियमित रूपमा भन्सार बढ्ने धुम्रपान, मध्यपान र अन्य केहि सामानमा तपसिल बमोजिम भन्सार महशुल बढेको छः


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

प्रतिकृयाहरू
...