Tuesday 3rd June 2025

कविताः मेरो देश – गुणनिधि घिमिरे


मेरो देश

प्रकृतिमा सजिएका डाँडा पाखा विशाल
धौलागिरी सगरमाथा उच्च मेरो हिमाल
राष्ट्रियता बोक्छ कति कोट दौरा सुरुवाल
संस्कृतिले भरिएको देश मेरो नेपाल

ऐना मेरो फेवाताल माछापुच्छ्रे हेर्नलाई
गण्डकीमा शालीग्राम पूजापाठ गर्नलाई
चोली साडी पस्यो खाडी बज्न छोड्यो मादल
चौबन्दीलाई सम्झिएर रुन्छन् डाँफे मुनाल

मेची कोशी भेरी काली बग्छन् सेती गण्डकी
नारायणी विष्णुमति मर्स्याङ्ग्दी र बा्ग्मती
खेतीयोग्य जमिन धेरै लेक बेँसी तराईका
घरैघर बन्न थाले रे छिमेकी र पराईका

निकासी र पैठारीमा कुनै फरक छैन रे ?
विश्व सानु भैसक्यो रे ठूलोकुरा हैन रे ?
गणतन्त्र प्रजातन्त्र लोकतन्त्र ल्याए रे
घुसखोरी भ्रष्चाचार गर्न पनि भ्याए रे ॥

गुणनिधि घिमिरे


सम्बन्धित शीर्षकहरु

देशको लागि काम गर्ने मान्छे तनावमा छन भ्रष्ट र दलालले देशमा शासन गरेका छन लुटेर खानेलाई देश चाहिदो रहेछ दुई…

लुलु हाइपरमार्केटले कुवेतमा LOT – द भ्यालु शप को शुभारम्भ गरेको छ । LOT – द भ्यालु शपले कुवेतको लुलु…

दुई दिनदेखि जारी यातायात व्यवसायीको आन्दोलन फिर्ता भएको छ। मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले आन्दोलनका कार्यक्रम हालका लागि स्थगित…

प्रतिकृयाहरू
...