Saturday 26th July 2025

कुवेतमा खैनी पाउन गाहो – १४ टन सुर्ति समातियो


कुवेतले सुर्तिजन्य लागु पदार्थ खैनी को सेवनलाई अबैध मान्दछ र यसको विक्रि वितरण ईलिगल हो । तर पनि यहाँ लुकाई छिपाई प्रसस्तै विक्रिवितरण हुने गरेको छ । तर अब भने खैनी पाउन गाहो हुने र पाए पनि महंगो हुने संकेत देखिएको छ ।

अमघारा जग्गा डिपोमा रहेको सार्वजनिक तथा निजी भन्सार गोदाम विभागका भन्सार अधिकारीले देशमा पैठारी गर्न निषेध गरिएको झण्डै १४ टन अवैध सुर्ती नियन्त्रणमा लिएर बरामद गरेका छन् । अरब टाईम्समा सो सम्बन्धि समाचार प्रकाशन भएको छ ।

भन्सारको सामान्य प्रशासन महानिर्देशक श्री सामी मुहम्मद अल(कन्डारीको निर्देशन र निर्देशनमा, सबै आवतजावतका सामानहरूको नियन्त्रण, परीक्षण र निरीक्षण प्रक्रिया बढाउन, सार्वजनिक र निजी भन्सार गोदाम प्रशासन(आमघाराको टोलीले सहायक नियन्त्रक जियाद अल(सरबेलको नेतृत्वमा ल्यान्ड वेयरहाउसले एसियाली देशबाट आएको ट्रकलाई लाई रोकेर चेक जाँच गर्दा उक्त परिणाममा लागु औषधजन्य सुर्ति फेला पारेको हो ।

ट्रकले ४० फिट लामो कन्टेनर बोकेको थियो । जसमा भन्सार निरीक्षकहरूले यसका सामग्रीहरूमाथि शंका गरे र विस्तृत जाँच गरे, जसमा ५२१ बोरा भित्र लुकाइएको लगभग २,६१,००० व्याकेट सुर्ति फेला पर्यो, जसको कुल वजन लगभग १४ टन थियो ।

नेपालमा करिब ५० रुपैया जतिको परिणाम मा पाउने सुर्ति खान यहाँ नेपाली रुपैया ४ सय देखि ५ सय सम्म तिर्न पर्दछ । तर यसरी सुर्ति पक्राउ परेर बजारमा सुर्तिको अभाव हुने वित्तिकै भाउ बढन शुरु हुन्छ र त्यसको मुल्यको पाँच गुणा ज्यादा पुग्दछ । कोभिडको समय मा त्यति नै परिणाम को एक प्याकेट सुर्ति लाई ३ हजार र त्यो भन्दा पनि धेरै तिर्न पर्ने हुन्थ्यो । तर पनि यसका अम्मलीले नखाई छोडदैनथे । त्यस बेला टोबाको किन्न नसकेर कतिपय ले चुरोटको खिल्ली भित्रको सुर्ति लाई समेत खैनीका रुपमा प्रयोग गरेको पाईन्थ्यो ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...