Tuesday 8th September 2026

चिरञ्जीवी ढकालका समसामयिक पञ्चाङ्गहरू


पञ्चाङ्ग-२०८०-०१-०२

कति रमाइलो भएको सत्तामा हेर
नाम नै काफी यिनको गत्तामा हेर
देश बनाउन को नै गएको रैछ त
सबैको नजर तलब भत्तामा हेर
कस्तो शक्ति छ कागजको पत्तामा हेर ।

पशुपति दर्शनको वहानामा उ आउन सक्छ
जयजय भोलेनाथ भनेर भजन गाउन सक्छ
यो सदियौँदेखिको नित्य कर्म जस्तै बनाएको छ
स्वार्थ पूरा नहुदा सम्म यसरी नै धाउन सक्छ
मौका पाए अजिङ्गरले जस्तै मुख वाउन सक्छ ।

बाटो बिग्रिएकोछ आउँ म कसरी हो
अब तिम्रो दर्शन पाउँ म कसरी हो
सजिलै भनिदियौ समय सँग चल
मन छोडेर अन्तै जाउँ म कसरी हो
अज्नवी सँग माया लाउँ म कसरी हो ?

मैले पानी माग्दा नि दु:ख मानेकी थियौ यादगर
अति क्रुर वचन बाँण हानेकी थियौ यादगर
हिजो सम्झाउदा यो गरिबका कुरा माकुरा भयो
कहिल्यै कमजोर हुन्न ठानेकी थियौ यादगर
मलाई छोडी अर्कैलाई छानेकी थियौ यादगर ।

आँखाले बिस्तारमा कहेको छ के गरौँ
यो मनले कसरी सहेको छ के गरौ
कति दिन नहुने हो हाम्रो भेट अब
यही चिन्ता मनभित्र रहेको छ के गरौँ
मसी बनी मेरो आँसु बहेको छ के गरौँ ?

कहाँ कहाँ खोजे तर,राम भेटिदैन
मन्को बह बिसाउने ,धाम भेटिदैन
भोको पेट नाङ्गोआङ,असिनाको झरी
नलागेको कहि कुनै, ठाम भेटिदैन
सयौं चोट लागेको छ डाम भेटिदैन ।

कहाँ दियौ जगत, छल ग-यौ नेता जी
बनाएर भगत, छल ग-यौ नेता जी
व्यर्थै हात गुमाएँ तिम्रो पछि लाग्दा
खेरै गयो रगत छल ग-यौ नेता जी
रैछ बाचा फगत, छल ग-यौ नेता जी ।

मेरो धर्ती उज्यालो पार्ने चाँद तिमी हौ
यो जीवनको चारकिल्ला साँद तिमी हौ
चैतमास उराठ लाग्ने दिनमा पनि
मायाका मुना हल्काउने खाद तिमी हौ
उन्नत बाटो देखाउने वाद तिमी हौ ।

सधैं पिरलो भो तप्प चुहिने छानोको हजुर
जोहो कता गर्ने साँझ विहान मानोको हजुर?
समाजवादको पगरी गुथेको छ समयले
भेदभाव उस्तै नै छ ठूलो र सानोको हजुर
कुनै अर्थ छैन संविधानको पानोको हजुर ।
१०
आँखा पनि लोलाएर नरम भएको छ
यस्तो लाग्छ भित्र छाती गरम भएको छ
भेट भयो चौतारीमा थकाइ मार्ने बेला
मनमा कौतुहलता, चरम भएको छ
के निहुँपारी छेउतिर, सरम भएको छ ।
११
विस्वास गर जहाँ पायो त्यहाँ छुन्न म
लाग्ने छैन बिचमा तनावाना बुन्न म
नतान सरम हुन्छ, माथि माथि जामा
बोकेर तारी दिउँला, पागल हुन्न म
हैन भने सक्ने छैन, रहर थुन्न म ।
**
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...