Monday 29th December 2025

जापानी प्रधानमन्त्री लक्षित स्मोक बम विस्पोट


चुनावी दौरानका क्रममा आज जापानी प्रधानमन्त्री फुमियो किशिदा लाई लक्षित गरेर एउटा स्मोक बम प्रहार भएको छ । तर उक्त बम विस्पोट बाट कुनै मानविय क्षति नभए पनि सभा विथोलिएको र प्रधानमन्त्री लाई सुरक्षित बाहिर निकालिएको समाचार BBCले प्रसारण गरेको छ ।

धुवा बम प्रहार गर्ने व्याक्तिलाई प्रहरीले नियन्त्रण मा लिएको छ । प्रधानमन्त्री किशिदाको लिबरल डेमोक्र्याटिक पार्टीका सदस्य हिरोशी मोरियामाले भने लोकतन्त्रको जग खडा गर्ने चुनावी अभियानको बीचमा यस्तो घटना भएको हुनु खेदजनक छ। यो अक्षम्य अत्याचार हो।

जापानमा हिंसात्मक हमलाहरू अत्यन्तै दुर्लभ छन्। तर गत वर्ष चुनावी अभियानका क्रममा पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या भएपछि राजनीतिज्ञहरूमा सुरक्षाको चिन्ता छ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...