Wednesday 7th October 2026

बृहस्पतिको चन्द्रमा का लागि रकेट प्रक्षेपण


बैज्ञानिकहरुको एक महत्वकांक्षी योजना अनुसार आज युरोपियन स्पेस एजेन्सी ले फ्रान्सबाट बृहस्पतिको चन्द्रमा का लागि रकेट प्रक्षेपण गरेका छन । उक्त प्रक्षेपण हिजो गर्ने भनिएको मा मौसमका कारण त्यसलाई त्यसलाई स्थगन गरिएको थियो । एरियन ५ रकेट मार्फत भूउपग्रह त्यतातिर पठाईएको हो । उक्त रकेटमा विभिन्न बैज्ञानिक अनुसन्धानका लागि १० वटा उपकरणहरु राखिएका छन ।

सफलतापूर्वक अन्तरिक्षको अरविट पार गरेपछि उक्त दृष्य हेर्न बसेका बैज्ञानिकहरु, भिआईपीहरु र अनुसन्धानका अन्य विज्ञहरुले एक अर्कामा खुशी साट्दै अंकमाल गरेका थिए । पृथ्वीबाट ४ अरब माईल को दुरी पार गरेर बृहस्पतिको प्रणालीमा प्रविष्ट हुन उक्त रकेटलाई ८ बर्ष लाग्नेछ । यो मिसन यति लामो र कठिन छ की ८ बर्ष लामो उडान पुग्न नपाई विफल नहोला भन्ने कुनै ग्यारेन्टी हुदैन । बृहस्पती सौर्यमण्डलको चिसो ठाउँमा रहेको ग्रह हो । जहाँ पृथ्वीको तुलनामा सुर्यको प्रकाश २५ प्रतिशत मात्र पुग्दछ यसको मतलब के हो भने उक्त भू उपग्रहको पंखाले उर्जा उत्पादन गर्नका लागि लामो र फरकिलो सौर्य उर्जा पंखा फैलाएर उर्जा संकलन गर्न पर्दछ ।

यस उपग्रहको सफलता विफलता वा यसले गर्ने कार्यको प्रगति थाहा पाउन सन २०३१ सम्म कुर्न पर्ने हुन्छ । यो प्रक्षेपणको मुख्य उद्देश्य भनेको बृहस्पतीका चन्द्रमाहरुले कुनै पनि एलियन लाईफ का लागि सहयोगी छन की छैनन भनेर पत्ता लगाउनु हो । आज उक्त रकेट फ्रेन्च युरोपेली गुयना स्पेसर्पोट उक्त रकेट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण हेर्न बेल्जियम का राज त्यहाँ उपस्थित थिए ।


सम्बन्धित शीर्षकहरु

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

प्रतिकृयाहरू
...