Monday 22nd September 2025

बहराइन र कतारबीच कूटनीतिक सम्बन्ध पुनः सुरु…


कतार र बहराइनले आफ्नो कूटनीतिक सम्बन्ध पुन: सुरु गर्ने भएका छन, बहराइन-कतारी फलो-अप समितिले साउदीको राजधानीमा रहेको GCC महासचिवको मुख्यालयमा दोस्रो बैठक बसेर उक्त निर्णय लिएका हुन । कतार र बहराइनले बुधबार ढिलो घोषणा गरे कि उनीहरू लामो समयदेखि चलिरहेको कूटनीतिक विवाद अन्त्य गर्न र सम्बन्ध पुनर्स्थापित गर्न सहमत भएका छन्। सन् २०१७ मा बहराइनले साउदी अरब, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारमाथि कूटनीतिक नाकाबन्दी लगाएको थियो।

दोहासँगको सम्बन्ध विच्छेद गरेको तीन वर्षपछि अब दुई देश विच सिधा हवाई उडान हुने भएको छ । गत बर्ष मात्र साउदी र कतारबीच यस्तै सम्झौता भएको थियो जसको मध्यस्तता कुवेतले गरेको थियो । जीसीसी मा रहेका सवै देशहरुले तिन बर्ष पहिले कतार लाई एक्लाउदै साउदीकै नेतृत्वमा एलाईन्स बनाएका थिए ।

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारमाथि आतंकवादलाई सहयोग गरेको आरोप लगाउँदै कूटनीतिक, व्यापार र यात्रा नाकाबन्दी लगाएका थिए । GCC अरब प्रायद्वीपमा छ वटा राष्ट्रहरू मिलेर बनेको आर्थिक गठबन्धन हो: साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, ओमान र कतार।

2017 मा अरब राष्ट्रहरू बीचको सम्बन्ध बिग्रियो, जब साउदी अरेबिया र यसका सहयोगीहरू – संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारमाथि कूटनीतिक, व्यापार र यात्रा नाकाबन्दी लगाए। उनीहरूले सानो खाडी राष्ट्रलाई आतंकवादलाई समर्थन गरेको र इरानसँग धेरै नजिक भएको आरोप लगाए, जुन आरोप दोहाले सधैं अस्वीकार गरेको छ।

2018 मा कतारका अमिरले विवादलाई “व्यर्थ संकट” भनेका थिए र कतारले आफ्ना छिमेकीहरूबाट “आक्रमण” हुँदाहुँदै पनि आफ्नो सार्वभौमसत्ता जोगाएको बताए।


सम्बन्धित शीर्षकहरु

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाइ नियुक्त गरेको छ । विभागको मुख्य अनुसन्धान निर्देशक हुतराज थापा ३…

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाइ पदबाट हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाइ मनोज सिलवाललाई…

प्रतिकृयाहरू
...