Wednesday 4th March 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४९ औं कव्य श्रृङ्खला नया वर्ष विशेष शुभकामना काव्य गोष्ठीको सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४९ औं कव्य श्रृङ्खला नया वर्ष विशेष शुभकामना आदान प्रदान नेपाल भारत साहित्य प्रवर्द्धन काव्य गोष्ठीको रुपमा मिति २०७९ साल चैत्र २९ गते भव्यताका साथ सम्पन्न भयाे ।

खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्व एवं बरिष्ठ साहित्यकार डा,बम बहादुर थापा जितालीको प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा जितालीले आज नेपाल ,भारत,अमेरिका,इजरायल का कविहरुको बीचमा सहभागी हुन पाउॅदा खुशी लागेको छ मन्तव्य दिंदै चन्द्रागिरिको १४९ श्रृङ्खला सम्म पुग्नु सानो मिहनतले पुग्दैन विशेष गरि जनार्दन धड्कनले साहित्य सेवामा निरन्तर गर्नु भएको योगदान अझै महत्वपूर्ण छ भन्नु भयो ।लामा समय सम्म वार्षिक उत्सव मनाउन पाइयोय् भन्दै शुभकामना व्यक्त गर्नु भयो ।

विशिष्ठ अतिथि गंगा लिगलले चन्द्रागिरिको कार्यक्रममा कुनै न कुनै विशेष दिन परेकै हुन्छ । विधागत कार्यक्रमले स्रष्टालाई सबै विधामा कलम चलाउन मद्दत पुग्छ भन्नु हुॅदै यो सस्थाले एक हप्ता पनि नछोडेर अवछिन्न् निरन्तर अगाडि बढेर १४९ श्रृङ्ला सम्म पुगेको छ अझ प्रगतिको कामना गर्दछु भन्नु भयो ।
सो अबसरमा हरि प्रसाद घिमिरे,सुनीता राइ कन्दन्वा(इजरायल)हरिश रवि(उत्तराखण्ड भारत)शुभकामना मन्तव्य दिनु हुॅदै रचना सुनाउनु भयो

चुडा निर्भिककाे कुशल उद्घघाेषणमा भएकाे काव्य गोष्ठीमा अन्य उपस्थित अामन्त्रीत अतिथि साहित्यकारहरु क्रमस उर्मिला पन्त,दुर्गा रिमाल,सीता पाण्डे,पुनम कत्रियार(भारत)लक्ष्मी प्रसाद मिश्र,सन्जना भवुक,अनुराधा थापा,घनश्याम पौडेल,हरि प्रसाद घिमिरे,बिनु बाबा घिमिरे,अस्मीन स्वर्णिम कुजुर(झार खण्ड भारत) चन्द्रावती अधिकारी,भवानी घिमिरे,तारा घिमिरे)संगलगायत २४ जना सर्जकहरुले अा-अाफ्ना विशेष रचना सुनाउनु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे हैसियतले खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया लाेक छन्द हाे यसलाई जुन सुकै भाकामा संगित भरेर गाउन सकिने छ भन्नु भयाे ।यहाँ उपस्थितहरु धेरैले खाेरिया लेखन अभ्यास गरिरहनु भएकाे छ भन्नु हुँदै यहाहरु अमूल्य समय दिएर नेपालको व्भिन्न प्रदेश,भारत,इजरायल,अमेरिका दोखि जाेडिनु भएकाेछ र नयाँ स्रष्टाहरु पनि हरेक श्रङ्खलामा पाउनु अायाेजककाे खुशी हाे भन्नु हुँदै प्रमुख अतिथि ,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गर्नु भई खाेरिया र कविता सुनाउनु भई कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...