Sunday 21st December 2025

चीनको पहिलो व्यावसायिक तरल ईन्धन वाहक रकेट प्रक्षेपण


चीनको पहिलो व्यावसायिक तरल ईन्धन वाहक रकेट Tianlong-2 Y1 आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरिएको छ।

रकेट 4:48 मा प्रि-सेट कक्षामा उपग्रह बोकेर ब्लास्ट गरिएको थियो। उडानको उद्देश्य रकेटको समग्र योजना र व्यवस्थित समन्वयहरू प्रमाणित गर्नुका साथै प्रक्षेपण वाहनको उडान वातावरण मापदण्डहरू प्राप्त गर्नु हो। रिमोट सेन्सिङ प्रयोगको प्राविधिक प्रमाणिकरणका लागि उक्त स्याटेलाइट प्रयोग गरिने छ ।

चिनियाँ कमर्शियल रकेट कम्पनी स्पेस पायोनियरले विकास गरेको यो रकेट ३५ मिटर लामो छ जसको टेक अफ मास १५० टन छ। रकेट मट्टीतेल र तरल अक्सिजनद्वारा चल्ने तीन चरणको प्रक्षेपण वाहन हो।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...