Thursday 30th October 2025

एकदिवसीय क्रिकेटमा नेपाल विश्वकपमा छनाैट, सरकारद्वारा जनही ३ लाख र वागमती सरकारद्वारा १ लाख पुरस्कार


नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईमाथि अद्वितीय र नाटकीय जित रच्दै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाएको छ ।

अविश्वसनीय नतिजासँगै पछिल्ला १२ खेलमध्ये ११ मा जित निकालेपछि नेपाली क्रिकेट टोलीले जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ। संयुक्त अरब इमिरेट्स (युएई) लाई बिहीबार डकवर्थ लेविस (डिएल) का आधारमा ९ रनले हराउँदै नेपालले विश्वकप छनोटमा स्थान बनाएको हो।

ग्लोबल छनोट जुन–जुलाईमा जिम्बावेमा हुँदै छ । जहाँ १० टिम प्रतिस्पर्धामा हुनेछन् । १० टिमले दुई समूह रहेर प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहका शीर्ष ३–३ टिम सुपर लिगमा पुग्नेछन् । सुपर लिगको खेलपछि शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । छनोट खेल्ने नेपालसहित नेदरल्यान्ड्स, जिम्बावे, ओमान र स्कटल्यान्डले स्थान पक्का गरिसकेका छन् । अन्य टिम छनोट हुन बाँकी छ ।

एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएपछि नेपाल सरकारले जनही ३ लाखका दरले पुरस्कृत गर्ने भएको छ भने वागमती प्रदेश सरकारले जनही १ लाखका दरले पुरस्कृत गर्ने भएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतले लागूऔषध र मनोरोगजन्य पदार्थ विरुद्धको आफ्नो जारी लडाईमा निर्णायक कदम चालेको छ। मन्त्रिपरिषद्ले लागूऔषध ओसारपसार र सम्बन्धित अपराधका लागि…

अक्टोबर १७ मा बेरेजोभ्स्की शहरमा आफ्नी श्रीमती ४९ वर्षीया ओल्गा ब्लिनोभालाई ठूलो भान्साको धागोले छुरा प्रहार गरेको स्वीकार गरेपछि रफिस…

भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार, आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा चक्रवात 'मोन्था' को जमिनमा ठोक्किने प्रक्रिया सुरु…

प्रतिकृयाहरू
...