Friday 7th November 2025

पाँच वर्षमा कति ओटा सरकार बन्न सक्ने देखिन्छ नेपालमा?


तीतोपाटी-

१. एमाले र माओवादीले बनाएको हालको सरकार।

२. नेपाली कङ्ग्रेस र माओवादी लगायतको सरकार ।

३. एमाले र नेपाली कङ्ग्रेसको सरकार ।

४. नेपाली कङ्ग्रेसले नेतृत्व गर्ने सम्पूर्ण साना पार्टीहरु जसले गैर वामपन्थी राजनीति गरिरहेका छन् , बाट बन्न सक्ने सरकार । जसमा राप्रपा देखि रेशम चौधरीको पार्टी सम्म  सामेल हुन सक्छन् ।

५. के नेपालीहरुलाई समृद्धिको प्रतीक यिनै सरकारहरू हुन त? यो काम बाहेक अरु केही छैननेपालमा हुनु पर्ने र गर्नु पर्ने राजनीति ? के यो राजनीति हो ? बिल्कुल होइन, यो ठग नीति हो। नेपालीजनतामाथी गरिएको बेइमानी, ढोकाधढी, राज्यको साधन स्रोत माथिको नाङ्गो लुट मच्चाउने दाउपेचमात्र हो । यो अपराध तंत्र हो । यो प्रकारको हर्कत गर्ने गराउने दुवै अपराधीहरु हुन ।

६. नेपालका यस्ता ठूला अपराधीहरुलाई जेल, नेल र फासी दिने सरकार चाहिएको छ खासमा। त्योसरकार कहिले बन्ला र आफ्नो काम सुरु गरी, नेपाल विकाशको बाटोमा अगाडि लम्कन सुरु गर्लाखोइ ?

अस्तु।

ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

प्रतिकृयाहरू
...