“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/१०/१०
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : केर्दै, टेर्दै, फेर्दै, बेर्दै, सेर्दै, हेर्दै आदि मिल्दो
स्थायी :- आफ्नो पञ्चाङ्गमा मिल्ने खालको ।
अक्षर संख्या :- ५ देखि २५ अक्षरका, पाँचै पद बराबर अक्षर सङ्ख्या भएका
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
फूल फुले ओइले झरे तमासा हेर्दै छु
आफ्नै जीवन पल्टाई पानाहरू केर्दै छु
देखावटी मनले शब्द पसार्छ खुसुक्क
आफ्नै सुन्छु, आफैँ भोग्छु आफैँलाई टेर्दै छु
सुख दु:ख साथी रहेछन् अँगालो बेर्दै छु ।
सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग २
आए हेर्दै बसे
चित्र केर्दै बसे
सुख दु:ख सबै
बोली फेर्दै बसे
घाँटी सेर्दै बसे ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ३
बितिरहेछ समय यो हैर्दै जिन्दगी
आफूलाई आफैँले सधैँ केर्दै जिन्दगी
मीठो नमीठो स्वादचाख्दै रहन्छ जिब्रो
दुःख, सुख र पीडाहरू बेर्दै जिन्दगी
सम्पत्तिमा सम्बन्धहरू फैर्दै जिन्दगी ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग ४
नबस हेरेर जीवनको महिमा
लेख्नु छ केरेर जीवनको महिमा
समयलई किन खाली छोड्ने होत
दुःख नै फेरेर जीवनको महिमा
हौसला बेरेर जीवनको महिमा ।
अम्विका अधिकारी
झापा विर्तामोड
पञ्चाङ्ग ५
नहुँदो साथी बनाएपछि कुरा फेर्दैछौ किन हो
आफ्नो मनको तुवाँलो फेरि आफै घेर्दैछौ किन हो
दुस्प्रयासको क्षण, गर्यौ दम्भ राख्दै पद ग्रहण
लोप्रे आँखा बनाई फुटेको ऎना हेर्दैछौ किन हो
आफ्नो कुनिर्णय फेर्दै अनि आफै केर्दैछौ किन हो ?
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ६
एउटाको दु:खमा एउटा हेर्दै बसेको छ
दुनिया एक अनौठो चित्र केर्दै बसेको छ
म पनि कस्तो उसैलाई बचाउदै बस्ने रैछु
जसले सधै नै मेरै घाटी सेर्दै बसेको छ
उहि पटक पटक बोलि फेर्दै बसेको छ ।
रतन बिष्ट
आलिताल डडेल्धुरा
सम पञ्चाङ्ग ७
कुरा फेर्दै बस्छिन् उनी
बाटो हेर्दै बस्छिन् उनी
सब दुःख पीडा भोग्दै
चित्र केर्दै बस्छिन् उनी
निहुँ बेर्दै बस्छिन् उनी ।
१
खुब टेर्दै बस्छिन् उनी
सान घेर्दै बस्छिन् उनी
साच्चो माया गर्छु भन्दै
दिल खेर्दै बस्छिन् उनी
मुटु सेर्दै बस्छिन् उनी ।
२
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग ८
तिम्रो बाटो हेर्दै छु।
नाना राम्रा फेर्दै छु।
थाहै छैन आउने ,
चोखो माया बेर्दै छु ।
मान चित्र केर्दै छु ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ९
गरिबका घरको छानो फेर्दै जाऊ
नयाँ नेतृत्वको विकास हेर्द जाऊ
नेपाल आमा स्वर्ग बनाउन आफैँ
सिमाना काँडे तारले घेर्दै जाऊ
सज्जन र बृद्वको कुरा टेर्दै जाऊ ।
तारा घिमिरे सङ्खुवा सभा
पञ्चाङ्ग १०
समय आउँछ छेक नि आउछ हेर्दै बस्छ अल्छी
परिक्षामा दुई अक्षर लेखेर केर्दै बस्छ अल्छी
चेत्दैन कहिल्यै बारबार फेल खाइरहदा नि
फेरि पनि त्यै नै खाइरन्छ बरु छेर्दै बस्छ अल्छी
लाउनै जान्दैन कट्टु पनि तौली बेर्दै बस्छ अल्छी ।
-खोटाङ्ग।
पञ्चाङ्ग ११
रङ्ग फेर्दै बस्नु ल
शब्द केर्दै बस्नु ल
अरु के छ जानेको
मुख हेर्दै बस्नु ल
मन बेर्दै बस्नु ल ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग १२
जनताको रुवावासी हेर्दैछ सरकार
नयाँ नीति नियम क्यै केर्दैछ सरकार
अत्यचार अन्त्य गर्न कटिबध्द बनेर
सामन्तीहरुको घाँटी सेर्दैछ सरकार
जनद्रोही सम्विधन फेर्दैछ सरकार !
बिबस पारदर्शी ,
पञ्चाङ्ग १३
मायाले नै घेर्दै बस्यौँ प्रिया
लामो श्वास फेर्दै बस्यौँ प्रिया
हजारौँ हजारको भीडमा
मलाई नै हेर्दै बस्यौँ प्रिया
मेरो मुटु केर्दै बस्यौँ प्रिया ।
सरस्वती श्रेष्ठ इटहरी