Saturday 26th September 2026

छ महिनाभन्दा बढी कुवेत बाहिर रहेका आप्रवासीहरुले जनवरी ३१ सम्म कुवेत फर्कि सक्नुपर्ने


तितोपाटी- छ महीना भन्दा बढ़ी कुवेत बाहिर रहेका आप्रवासीहरुले यही जनवरी ३१ सम्ममा कुवेत आइपुग्नु पर्नेजनाएको छ।

रेसिडेन्सी अफेयर्स सेक्टरले यही फेब्रुअरी १ ​​गतेदेखि सुरु हुने छ महिना भन्दा बढी देश बाहिररहेकाहरूको बसोबासको इलेक्ट्रोनिक रद्दीकरण सुरु गर्ने बताएको छ।

त्यस्तै, धारा १७ (सरकारी क्षेत्र), धारा १९ (निजी क्षेत्रका साझेदार) अन्तर्गतका सबै प्रवासी, धारा २२(आश्रित), धारा २३ (अध्ययन) र धारा २४ स्वप्रायोजक र धारा १८ (निजी क्षेत्रको रोजगारदाताहरुकोलागी उक्त नियम लागु हुने भएको छ।

सरकारले छ महिनाभन्दा बढी विदेशमा रहेका आप्रवासीहरुको निवास स्वतः खारेज हुने बताएको छ।उक्त नियमहरू अगस्ट १/२०२२ बाट जारी गरिएको थियो र जनवरी ३१/२३ मा समाप्त हुने भएकोले जोकोही पनी यस श्रेणी अन्तर्गतका प्रवासीहरू कुवेत बाहिर बसोबास गरेको भए जनवरी ३१/२०२३ अघि कुवेत फर्कि सक्नु पर्ने छ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...