Wednesday 23rd July 2025

पञ्चाङ्ग साहित्य समाजको चित्रमा पञ्चाङ्ग, भाग – ४५


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/०९/१४

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी

चित्र सङ्कलक
———————–
गुणनिधि घिमिरे

समायोजक
—————–
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पैँतालीसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

चित्रमा पञ्चाङ्ग
===========

पञ्चाङ्ग

नभई नहुने सम्बन्ध आगो छ
फल फल्ने माटोमा मल पाँगो छ
जलाउने चिज पनि जल्ने छ पक्का
सुरिलो रुखमा सुन्दर हाँगो छ
नआऊ यता पिर पार्ने छाँगो छ ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

सलाईले चुरोट खायो चुरोटले सलाई खायो
धुम्रपानले जिन्दगीमा खानुसम्म मलाई खायो
धेरै बर्ष सेवन गरेँ सलाईकै सिन्का भएर
सबैलाई खायो यसले मलाई र तँलाई खायो
लात्तले पो ढालीदिन्छु यसले झण्डै जलाई खायो ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग ३

सम्झाउनेको कुरा नि सुन्दै नसुन्नेलाई मस्त पारिस्
अस्वस्थलाई अझ कटक्क पार्ने गरेर दस्त पारिस्
म हो सलाई , पाल्छु मेरै अस्तित्व मेटेर भए पनि ;
तर लत नै बसाल्ने घाटै घाटाको उल्टो हस्त पारिस्
मैले अस्तित्व दिएँ तर तैंले मान्छेलाई ध्वस्त पारिस् ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ४

छेउमा नआउ जलाउने आगो हुँ म
सल्किए खरानी बनाउने हाँगो हुँ म
सबै सँगआआफ्नो क्षमता हुन्छ बुझ्नु
चङ्गा आकाशमा उडाउने धागो हुँ म
नपस बगाएर लैजाने छाँगो हु म ।

तारा घिमिरे सङ्खुवासभा

पञ्चाङ्ग ५

तिमी रुख म एउटा हाँगो बन्न सक्छु
तिम्रो अटुट प्रेमको धागो बन्न सक्छु
जस्तो चाहे बनाउ मलाई तिमी आफैँ
तिमी कुमाले बन म पाँगो बन्न सक्छु
सम्झ क्रोधित बनाए आगो बन्न सक्छु ।

रतन बिष्ट
आलिताल डडेल्धुरा

पञ्चाङ्ग ६

गलत कामको विरोध गर्नु जरूरी छ
राम्रो कामका लागि अघि सर्नु जरूरी छ
उदहारण चुरोटको विरोध सलाई
यस्तै धूम्रपान खतम पार्नु जरूरी छ
जिन्दगीमा स्वास्थ्यको बीउ छर्नु जरूरी छ ।

Singer, bishal

पञ्चाङ्ग ७

धक्का मार्याे सलाईले चुराेट न खा भन्दै
बाँच्नुपर्छ पूरा आयु हेर सखा भन्दै
आँफू पनि बाँच्नुपर्छ बचाउनु पर्छ
भनेकाे नि नमान्ने भा अब ल खा भन्दै
लात खाँदा कस्ताे हुन्छ सब चखा भन्दै ।

चन्द्रावती अधिकारी

पञ्चाङ्ग ८

साथ जोडियो खै कस्तो आफू जलेर भुलाउने हो
मित्रताको लागि आफैँसँग आफैँ बलेर उडाउने हो
अनौठो लगाइयो प्रेम तिमी घोटिदा म नरहने छु
तिमी कोइला म खरानी जीवन गलेर सडाउने हो
दिन आउला कि कहिल्यै प्रेममा ढलेर रमाउने हो ।।

सुशील सुनार
प्युठान गौमुखी ७ नारिकोट

पञ्चाङ्ग ९

विकृति फलेर सकियो ‌
सम्पूर्ण गलेर सकियो
तँलाई ढलाउँछु भन्थ्यो
आफू नै ढलेर सकियो
जिन्दगी जलेर सकियो ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग १०

होस् गर्नु साथी आगोले जलाउँछ यहाँ
थाहै नपाई भित्र भित्रै गलाउँछ यहाँ
जल्ने जलाउने क्रम जारी छ हजुर
कति खेर कुन बेला थलाउँछ यहाँ
उठ्न नै नसक्ने गरी ढलाउँछ यहाँ ।

सरस्वती श्रेष्ठ इटहरी

पन्चाङ्ग ११

प्रायजसो जोसँग नि हामी मिल्ने साथी त्यसैले
बस्छौँ एकै ठाउँमा गरेर तलमाथि त्यसैले
टेन्सन भको बेला थोरै आनन्द दिन्छ भनेर
पल्लो घरको नानि चाहियो भन्दै आथि त्यसैले
पछि रोग लाग्यो भन्दै हस्पिटल गाथि त्यसैले ॥

अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा

पञ्चाङ्ग १२

फुच्चे अनि लुरो रहेछ
तर भित्रको सुरो रहेछ
हेर्दा जस्तो भए तापनि
आन्तरिक कुरो रहेछ
स्वस्थता नै चुरो रहेछ ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग १३

बालेरै अनि त लात्त मार्यो खानु हुन्न भन्दै
सल्काएर खाँदै जताततै जानू हुन्न भन्दै
फोक्सो किड्नी कलेजो सबै लान्छु खाएरै
बस
विष अमृत मान्छौ मिठाइ चानु हुन्न भन्दै
जस्तै ढलाउनेछु योजना सानु हुन्न भन्दै

जमुना आचार्य
सिन्धुपाल्चोक

पञ्चाङ्ग १४

उसकै साथ दिन्छु यो बात दिएँ भने
अझै जङ्गिनेछ मैले मात दिएँ भने
आफू पनि जली जली खरानी हुनेछु
ऊ पनि पुरै जल्नेछ हात दिएँ भने
दुवै बाँच्न सक्छौँ मैले लात दिएँ भने

श्रीकृष्ण शर्मा पोखरा

पञ्चाङ्ग १५

भन्न त भन्छन् धूम्रपान स्वास्थको लागि हानी छ
हानी भन्दै भन्दै अब त कान्छीले पनि तानी छ
सूचनाको अभाव छैन शिक्षाको मात्रै कमि हो
जति भने नि उस्तै हो त्यो नानी देखिकै बानी छ
बसेको बानी बशमा छैन आफ्नै मनोमानी छ ।

पशपती राई
-खोटाङ

पञ्चाङ्ग १६

सलाईले चुरोट जल्यो बेसरी
धुवाँ बनेर फुस्स बल्यो बेसरी
धुम्रपानले हानि गर्ने नै त हो ,
सुरिलो जिउ ज्यान ढल्यो बेसरी
सम्झिदै मेरो आङ्ग गल्यो बेसरी ।

✍️अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १७

सोचेर पिउने गर आगो हो जलाई दिन्छु
कोमल अंगको शरीर न हो गलाई दिन्छु
खेतबारीमा मलिलो बनाउनलाई चाहिँ
पातपतिङ्गर नष्ट गर्न म सलाई दिन्छु
धुम्रपान त्याग जवानीमै म ढलाई दिन्छु ।

भगवती दवाडी ,झापा,

पञ्चाङ्ग १८

चुरोटको ठुटो सरि देश जलेको छ
जताततै हत्या हिंसा किन चलेको छ
धुवाँको तुवालोले डडेलो लाग्न सक्छ
मुटुका नसा शरीर भित्रै बलेको छ
अध्यरो पन्छाउन जीवन ढलेको छ ।

अम्विका अधिकारी
झापा विर्तामोड


सम्बन्धित शीर्षकहरु

पाकिस्तानमा नवविवाहित जोडीको त्रासदीपूर्ण हत्या गर्ने ११ जना संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ क्यूएट्टा, पाकिस्तान, जुलाई २१, (एपी): दक्षिणपश्चिम पाकिस्तानको…

"यदि तपाईं शान्ति चाहनुहुन्छ भने, तपाईं युद्धको लागि तयार हुनुपर्छ।" यो भनाइ सत्य हो, कम्तिमा युरोपेली देश स्विट्जरल्याण्डको सन्दर्भमा। स्विस…

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर…

प्रतिकृयाहरू
...