Wednesday 23rd July 2025

पञ्चाङ्ग साहित्य समाजको चित्रमा पञ्चाङ्ग, भाग – ४४


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/०९/०७

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी

चित्र सङ्कलक
———————–
सामाजिक सञ्जाल

समायोजक
—————–
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चवालीसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

चित्रमा पञ्चाङ्ग
===========

पञ्चाङ्ग १

सबै कुरा ठीक छ, छुटेको विरुद्ध हो
मानसिक विचारमा नभएको शुद्ध हो
गर्नेले गर्यो गल्ती, कसको बिग्र्यो अनुहार
शान्तिप्रिय देश हाम्रो भुलेको उनै बुद्ध हो
देखावटी अनेक रूप चल्ने शीतयुद्ध हो ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

भाषा हो भनी जानेर गल्ती नगर
हाँसो मजाक मानेर गल्ती नगर
भाषाको उपयोगमा सोच्नु छ साथी
वचन वाण हानेर गल्ती नगर
शब्दको भाव तानेर गल्ती नगर ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

लापर्वाहीको पनि त हद हुन्छ काम गर्दा
गर्ने गराउने पनि पद हुन्छ काम गर्दा
एउटाको काममा अर्काको निगरानी खोइ?
गम्भीरता बिना घट्ने कद हुन्छ काम गर्दा
अर्थको अनर्थ लाग्दा गद हुन्छ काम गर्दा ।

केशव न्यौपाने सानु, नुवाकोट

पञ्चाङ्ग ४

मानव बेचबिखन अपराध हाे जानौँ सबैले
यस सम्बन्धमा दिएकाे छ तालिम मानौँ सबैले
मानव बेचबिखन र ओसार प्रसार छ यहाँ
त्यस्ताे गर्ने छ भने मिलेर समाती हानौँ सबैले
कहाँ छन् यस्ता व्यक्तिहरू खाेजि खाेजि छानौँ सबैले ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ५

मानव बेचविखन गर्न हुन्न भनी जान्नु पर्छ
सरकारले दिएको तालिमलाई मान्नू पर्छ
सुधार गर्न खोजेर पनि सुधार ल्याउन नसक्दा
अब चै कानुनको दायरामा राखेर बान्नु पर्छ
सानो ठूलो सबैले आ आफ्नो जीवन धान्नु पर्छ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ६

मानवीय नियम मानवका लागि हो मानौँ सबैले
मानव वेचविखन ठूलो अपराध- जानौँ सबैले
कस्तो दैत्ये स्वरूप लिइ जन्मिन्छन् कति मानिसहरू
ब्यानर टाँगि बेचबिखन गर्नेलाई छानौँ सबैले
यिनलाई कानुन बमोजिम समाती बानौँ सबैले ।

✍️अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग ७

विचार नपुगे अनर्थ भएर खास लुकेको हुन्छ
गल्तिले पछि मात्र थाहा पाउँदा शीर नुगेको हुन्छ
मानव बेचबिखन तथा ओसार पसार तालिम
सम्बन्धीको ठाउँमा त्यो विरुद्धको शब्द छुटेको हुन्छ
भाषाको मर्म उल्टिएमा नेपाली मन दुखेको हुन्छ ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ८

विदेशमा राेजगार, शिक्षा भनेर ओसारपसार हुन्छ
विदेशीले नकली विवाह गरेर ओसारपसार हुन्छ
याे ओसारपसारमा मानव बेचबिखन लुकेकाे चिनाैँ
लाेभ्याएर नै विदेश डुल्न लगेर ओसारपसार हुन्छ
धर्म सन्तान पाल्ने ती बाचा कहेर ओसारपसार हुन्छ ।

टीकाराम जाेशी, टीकापुर

पञ्चाङ्ग ९

गर्दै जाँदा कहीँ कतै भूल हुन सक्छ
बङ्ग्याएर बुझ्याे भने शूल हुन सक्छ
जानी गल्ती गरे पनि क्षमा दिने गराैँ न है
नयाँ नयाँ शिकारुकाे तुल हुन सक्छ
खिसी गरे झगडाकाे मूल हुन सक्छ ।

चन्द्रावती अधिकारी

पञ्चाङ्ग १०
मानवीय हितमा एकजुट भै लागि पर्नु पर्छ सधैँ
मानव बेचविखान विरुद्धमा अघि सर्नु पर्छ सधैँ
समाजका दुराचारी कुसंस्कारीहरूदेखि बँच्नलाई,
सोझा निमुखा गरिबको भ्रम र दुःख हर्नु पर्छ सधैँ
यसमा सरकारी तालिमको प्रबन्ध गर्नु पर्छ सधैँ ।

बिबस पारदर्शी
भद्रपुर झापा ।

पञ्चाङ्ग ११

असल काम गर्न अघि सर्नु पर्छ
समाजका केहि गर्न लागि पर्नु पर्छ
पसमाजका यस्ता गलत व्यक्ति देखि
मानव तस्करसँग होस् गर्नु पर्छ
निमुखा जनताको दु:ख हर्नु पर्छ ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १२

आवाज उठाउनु पर्छ सबै मिलेर अब
पाएका दुःख पीडाहरु सबै निलेर अब
मान्छे भयर मानवता नै छैन त के गर्नु
लखेट्नु पर्छ बेइमानी उछिलेर अब
फसाउनु पर्छ त्यस्लाई जाल जीलेर अब ।

हेमराज महरा क्षेत्री
रोल्पा नगरपालिका ५ रोल्पा

पञ्चाङ्ग १३

आफुलाई नै सर्वश्रेष्ठ प्राणी ठान्ने मान्छेले
कत्रा कत्रा जंगली हात्ती पनि बान्ने मान्छेले
जानी जानी मान्छेको व्यापार किन गर्या होला
संसारको इतिहास कानुन जान्ने मान्छेले
आफुले आफैलाई भगवान मान्ने मान्छेले ।

-पशपती राई खोटाङ

पन्चाङ्ग १४

३. ज्ञान, गुण, बुद्धि, विवेक दिलाउँदै जाउँ
फाटेका मनहरुलाई सिलाउँदै जाउँ
कहिलेकाहीँ अर्थको अनर्थ लाग्न सक्छ
व्याकरणका गोलीहरु पिलाउँदै जाउँ
हाम्रो भाषाको हिज्जे पनि मिलाउदै जाउँ ।

डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।

पञ्चाङ्ग १५

आज आवाज उठाउनु परेको छ ज्यान बचाउनलाई
वितृष्णाको भावना रोक्दै सरेको छ ज्यान बचाउनलाई
हेर त पैसा चाहियो रे उसलाई तैँलाई बेच्छु भन्दैछ
विरुद्धमा सारा चेतना छरेको छ ज्यान बचाउनलाई
भव्य संघ संस्था स्थापना गरेको छ ज्यान बचाउनलाई ।

जमुना आचार्य , सिन्धुपाल्चोक


सम्बन्धित शीर्षकहरु

पाकिस्तानमा नवविवाहित जोडीको त्रासदीपूर्ण हत्या गर्ने ११ जना संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ क्यूएट्टा, पाकिस्तान, जुलाई २१, (एपी): दक्षिणपश्चिम पाकिस्तानको…

"यदि तपाईं शान्ति चाहनुहुन्छ भने, तपाईं युद्धको लागि तयार हुनुपर्छ।" यो भनाइ सत्य हो, कम्तिमा युरोपेली देश स्विट्जरल्याण्डको सन्दर्भमा। स्विस…

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर…

प्रतिकृयाहरू
...