Thursday 1st January 2026

गीति कविताः सधै साथमा रहने भनेर गयौ…


सधै साथमा रहने भनेर छोडी गयौ किन ?
सँगै जाउँ भनेर बिच बाटोमा छोड्यौ किन ?

जिन्दगी भरि साथ दिन्छु भनेर भन्थ्यौ
तिमी साथमा भएन भने म कहाँ बाच्छु भन्थ्यौ
मलाई दु:खी बनाएर गयौ तिमी किन
सँगै जाउँ भनेर बिच बाटोमा छोड्यौ किन ??

तिमीलाई दु:ख्दा मेरो मन दुख्छ भन्थ्यौ
तिम्रो लागि जे पनि गर्न सक्छु भन्थ्यौ
दिलमा मायाको आभास गरि गयौ किन
सँगै जाउँ भनेर बिच बाटोमा छोड्यौ किन ???

गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...