Sunday 2nd November 2025

कुवेतमा चिसो बढ्यो,जनवरीको दोस्रो हप्तासम्ममा तापक्रम शून्यभन्दा तल झर्ने


तितोपाटी- कुवेतमा आगामी जनवरीको दोश्रो हप्तासम्ममा तापक्रम शून्यभन्दा तल झर्ने बताउदै सचेत रहन सरकारले अनुरोध गरेको छ।

केही दिन यता कुवेतमा चिसो बढेको केही दिन अझै चिसो रहने मौसमविद्को भनाई रहेको

विज्ञान तथा मौसम विभागका लागि अरब संघका सदस्य बदर अलअमिराले उत्तरपश्चिमी हावाको आगमनसँगै जनवरीको दोस्रोहप्तादेखी तापक्रम शून्यभन्दा तल झर्ने जानकारी गराएकी छिन। अहिले कुवेतको तापक्रम  १२ देखि १४ डिग्री सेल्सियससम्म रहेको छ।

अमीराले चिसोसँग बच्नको लागी तातो लुगा लगाउन सुझाव दिदै, बन्द कोठा भित्र आगो हिटरले निसास्साउन सक्ने बताउदै उक्तकार्य नगर्न अनुरोध गरेकी हुन।

उनले थपिन्, “चिसो फ्लूको आक्रमणबाट बच्न बालबालिकालाई रातको समयमा घरबाहिर खेल्न नदिनु उचित हुने साथै वृद्धवृद्धालाईनुहाएर चिसो हावाको सम्पर्कमा नआउन पनि सुझाव दिएकी छिन।


सम्बन्धित शीर्षकहरु

नेपालको आजको जुन स्थिति छ, एउटा अति नै गम्भीर अनि अति नै अप्ठ्यारो स्थितिमा नेपाल उभिएको छ । मलाई लाग्छ,…

यात्री समाज कुवेतले आयोजना गरेको देउसी- भैलो कार्यक्रम ले तिहारको अवसरमा समाजले नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै गीत-संगीत,…

वासिङ्टन: संयुक्त राज्य अमेरिकाले मंगलबार मालीमा रहेका अमेरिकीहरूलाई तुरुन्तै व्यावसायिक उडानहरू प्रयोग गरेर देश छोड्न चेतावनी दिएको छ, किनकि अल-कायदासँग…

प्रतिकृयाहरू
...