Wednesday 4th March 2026

गाेधुली साहित्य प्रतिष्ठानकाे पाचाैं भर्चुअल काव्य श्रृङ्खला सम्पन्न


गाेधुली साहित्य प्रतिष्ठानकाे पाचाैं भर्चुअल काव्य श्रृङ्खला अध्यक्ष गंगा लिगलकाे सभाध्यक्षता एवं अन्तर्राष्ट्रिय साहित्य समाजकी महासचिव विमला निराैलाकाे प्रमुख अातिथ्यतामा र सुधा बास्काेटा ढकालकाे कुसल उद्घाेषणमा ३१ जना श्रष्ठाहरूकाे उपस्थितिमा गत ८ पुषका दिन सम्पन्न भयाे । कार्यक्रममा प्रमुख अतिथिले मन्तव्य दिनु हुँदै अाजकाे कार्यक्रमले देश विदेशमा रहेका स्रष्टहरुका रचना सुन्ने अबसर मिल्याे अझै भनु भने माईति घर अाए जस्तै भाे भन्नु भयाे ।

सीता पाण्डेकाे स्वागत मन्तव्यबाट सुभारम्भ भएकाे साे कार्यक्रममा विशिष्ठ अतिथि डा बम बहादुर थापाले गंगा लिगलकाे नेतृत्वले गाेधुली विश्व व्यापी बनेकाे छ भन्नु हुँदै गाेधुलीकाे निरन्तर उन्नति र प्रगतिकाे लागि शुभकामना दिनु हुँदै युवा हुन देशका शक्ति कविता सुनाउनु भयाे ।विशिष्ठ अतिथि मणिराज सिंहले यस किसिमकाे कार्यक्रमले पुराना अग्रजहरु सँगकाे चिनारी र नया प्रतिभाकाे विकाश हुने भएकाेले निरन्तरताकाे लागि शुभकामना दिनु भयाे अर्का विशिष्ठ अतिथि जनर्दन अधिकारी धड्कनले भर्चुल कार्यक्रमले भाैतिक रुपमा उपस्थित हुन नसकेकाे अबस्थामा र भाैगाेलिक हिसावले टाढा रहनु भएकाहरु सँग एउटै थलाेमा भेट हुन सकिने स्थितिले उत्साह प्रदान गरेकाे भन्नु हुँदै अाफ्नाे रचना सुनाउनु भयाे ।

कार्यक्रममा अन्य अामन्त्रीत साहित्यकारहरुमा दुर्गा भमरकाेटे,ललिता दाेषी,लक्ष्मी प्रसाद मिश्र,खगेन्द्र बस्याल,नारायण प्रसाद निराैला,तिला लेकाली,गंगा पाैडेल,बीर बहादुर लाेहनी,टेक बहादुर लाैडारी,भिम कमारी,गाेमा रेग्मी,किरणमान सिंह महेश खरेल,रस्मी रिमाल,रेणु घिमिरे,सीता पाण्डे,सुधा बास्काेटा,संगिता ठाकुर,उत्तम भेटवाल,चुडा निर्भिक,उर्मिला सुवेदी,बालकृष्ण पाैडेल लगायत ३१ जना साहित्यकार ज्यूहरुले कविता खेरिया,गजल,मुक्तक अादि अा-अाफ्ना रचना सुनाउनु भएकाे थियाे । अन्त्यमा सभापतिकाे अासनबाट अध्यक्षज् गंगा लिगल ज्युले सम्बोधन गर्दै
“जीवन सुन्दर फुल हो साहित्य यस्को सुवास हो साहित्य त पीयूष हो ब्रह्माण्ड भरी यो मिठासपुर्ण तरिकाले सौन्दर्यप्रद भएर घुमिरहन्छ यो त गुलाफको सुबास जस्तै हो जुन सन्सार ब्याप्त भएर सबैलाई आनन्द गराउँछ साहित्य उच्चसगरमाथा हो ”
भन्नु हुँदै प्रविधि संयाेजक जनार्दन धड्कन,उद्घाेषण सुधा,सीता पाण्डे,प्रमुख अतिथि अन्य उपस्थित अतिथिहरुमा धन्यवाद ज्ञापनका साथ अाैपचारिक कार्यक्रम बिसर्जन गर्नुभयो ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...