Wednesday 4th March 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३३ औं श्रृङ्खला स्वतन्त्र काव्य विशेष गाेष्ठीकाे रुपमा भव्यताका साथ सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३३ औं श्रृङ्खला स्वतन्त्र काव्य विशेष गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल पुष ६ गते भव्यताका साथ सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एवं बरिष्ठ साहित्यकार डा म बहादुर थापाकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि थापाले १३३ अाैं श्रीङ्खला असाध्य राम्राे रुपमा चल्याे ।चन्द्रागिरिकाे हरेक हप्ताकाे कार्यक्रमले धेरै नया प्रतिभाले अबसर पाएर लेखनीमा खारिदै जाने स्थिति बनेकाे प्रष्ट छ भन्नु हुँदै अभ्यास पाठशालाकाे रुपमा धेरै विध्यार्थी दिक्षित भएका छन् भन्नु भयाे । निरन्तर कार्यक्रम चलाउनु चानचुने कुरा हाेइन यसकाे लागि चसाप्रनेले साहित्यकाे ठूलाे सेवा र याेगदान गरेकाे छ भन्नु हुँदै अामा कविता सुनाउनु भयाे विशिष्ठ अतिथि गंगा लिगलले चन्द्रागिरिकाे कार्यक्रम नियमित चलिरहेकाेमा खुशी लागेकाे छ ।याे सस्थाले धेरै नया स्रष्टाहरुलाई विभिन्न विधाहरुमा लेखनीमा परिष्कृत गराईरहेकाे एउटा पाटाे छ भने अर्काे तर्फ विश्वभरका स्रष्टालाई एउटै छाता मुनी जाेडेर रचनात्मक अादानप्रदान गराईरहेकाे छ भन्नु भयाे ।

विशिष्ठ अतिथि कलानिधि दाहाल,जगदीश्वर पाेखरेल,दुर्गा भमरकाेटे ज्यूले चसाप्रनेकाे नियमित कार्यक्रमकाे प्रशंसा गर्दै शुभकामना दिनु हुँदै अाफ्नाे रचना सुनाउनु भयाे ।

सुधा बास्काेटा ढकालकाे कुशल उद्घघाेषणमा भएकाे काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमस अार्त अकुलिन,लक्ष्मी प्रसाद मिश्र,पूर्ण प्रसाद पन्त,साेम लुईंटेल,उत्तम भेटवाल,अनुराधा थापा,दुर्गा रिमाल,चन्द्रावती अधिकारी,शुरेश घिमिरे,सिर्जना खनाल,बीर बहादुर लाेहनी,बिनुबाबा घिमिरे,यज्ञलाल सुवेदी,देवी प्रसाद मिश्र,उर्मिला पन्त,देवेन्द्र शाक्य,गाेम बिक्रम,मूना घिमिरे,उमा अाेडारी,लगायत २६ जना सर्जकहरुले अा-अाफ्ना रचना कविता,खाेरिया,सुसेली,उदक,अादि वाचन गर्नु भयाे ।।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे रुपमा खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया विश्वभर छरिएर रहनु भएका स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत हरेक बुधार लेखन अभ्यास गरिरहनु भएकाेमा खुसी एबं गर्व लागेकाे छ भन्नु हुँदै यहाहरु नियमित समय दिएर जाेडिनु भएकाेले नै अायाेजकले खुशी ग्रहण गर्न पाएका हाैं भन्नु हुँदै प्रमुख अतिथि ज्यू,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गर्नु भई अाफ्नाे रचना गर्दै नेपाली साहित्यका महाकाव्यकार एबं मनमति साहित्य समाजका अध्यक्ष श्रीधर पाैडेलकाे असामयिक निधन प्रति दिबंगत अात्माकाे चिर शान्तिकाे कामना गर्दै १ मिनेट माैन धारण गरि कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...