Thursday 14th May 2026

कतारमा रंगशाला निर्माणमा खटिएका नेपाली कामदारको मृत्यु


तितोपाटी – कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ ।

विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचारमा उल्लेख छ ।

तर, मृतकको नाम, ठेगाना खुलाइएको छैन ।

नेपाली अधिकारीहरुमार्फत् मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको र अनुसन्धान पनि सुरु गरेको समाचारमा उल्लेख छ ।

आगामी सन् २०२२ मा कतारमा विश्वकप आयोजना हुँदैछ र त्यसको तयारी स्वरुप रंगशाला निर्माण तथा स्तरोन्नती गर्ने काम धमाधम भइरहेको छ । सो काममा नेपाली कामदारहरुको पनि प्रयोग गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट आधिकारिक अनुमति नपाएका एयरलाइन्सहरूसँग टिकट बुकिङ वा आरक्षण नगर्न यात्रुहरूलाई चेतावनी…

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

प्रतिकृयाहरू
...