Thursday 5th June 2025

कतारमा रंगशाला निर्माणमा खटिएका नेपाली कामदारको मृत्यु


तितोपाटी – कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ ।

विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचारमा उल्लेख छ ।

तर, मृतकको नाम, ठेगाना खुलाइएको छैन ।

नेपाली अधिकारीहरुमार्फत् मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको र अनुसन्धान पनि सुरु गरेको समाचारमा उल्लेख छ ।

आगामी सन् २०२२ मा कतारमा विश्वकप आयोजना हुँदैछ र त्यसको तयारी स्वरुप रंगशाला निर्माण तथा स्तरोन्नती गर्ने काम धमाधम भइरहेको छ । सो काममा नेपाली कामदारहरुको पनि प्रयोग गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

पुर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको…

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले…

घरेलु फिल्मको इतिहासमा एकैदिनमा अहिलेसम्मकै धेरै फिल्म निर्माताले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् । सोमबार मात्रै १२ फिल्मले…

प्रतिकृयाहरू
...