Tuesday 15th July 2025

पोर्चुगलका एनअारएनए उपाध्यक्षद्वारा पत्रकारको ज्यान मार्ने धम्की, पत्रकार महासंघ युरोपद्वारा घोर भर्त्सना


तितोपाटी – एनअारएनए पोर्चुगलका उपाध्यक्ष कान्छाराम बुढाथोकी (बिनय) ले लिस्बोनमा सक्रिय नेपाली पत्रकार गणेश पाण्डेयलाइ ज्यान मार्ने धम्की दिएका छन् । गत आइतबार राती अन्दाजी ९:३० बजे तिर बेल्जियमबाट फोन गरि अत्यन्त निम्नस्तरको गाली गलौजयुक्त र छाडा शब्दहरु प्रयोग गरी पत्रकार पाण्डेयको जीवन मेटाइदिने धम्की दिएका हुन् ।

एनआरएनए पोर्चुगलको उपाध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर पत्रकारलाई यस्तो धम्की र गालीगलौज गर्ने कार्यको नेपाल पत्रकार महासंघ युरोप शाखाले घोर भत्सर्ना गर्दै आपत्ति प्रकट गरेको छ । शाखाका अध्यक्ष केजिन राई र महासचिव योगेन्द्रमिलन छन्त्यालद्वारा संयुक्त रूपमा जारी बिज्ञप्तिमा भनिएको छ “समाचारमा असहमति भए कानुनीरूपमा उपचार खोज्ने विकल्प हुँदाहुँदै ज्यान मार्ने धम्की दिनु आपत्तिजनक र निन्दनीय छ, पत्रकार पान्डेयमाथि भविष्यमा हुनसक्ने कुनैपनि घटनाको जिम्मेवारी निज बुढाथोकीले लिनुपर्ने छ”, “ज्यान मार्ने धम्की जस्तो भत्सर्नानीय कार्य गर्ने बुढाथोकीलाई तत्काल एनआरएनए पोर्तुगलको उपाध्यक्षबाट निलम्बन गर्न” बक्तब्यमा जोडदार माग समेत गरिएको छ ।

यसैबीच पोर्चुगलका नेपाली पत्रकारहरुको साझा सोसियल क्लब नेपाली जर्नालिस्ट क्लब पोर्तुगलले पत्रकार पाण्डेयलाई दिइएको ज्यान मार्ने धम्कीको घोर भत्सर्ना गर्दै चुनौतीको एकगठ भएर साझा रूपमा सामना गर्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

प्रतिकृयाहरू
...