Thursday 21st August 2025

निरेम ग्रुपले अथिति कलाकारको साथमा कुवेतमा सांगितिक उत्सव गर्ने


तितोपाटी- निरेम प्रोडक्सन कुवेतले “निरेम सांगितिक उत्सव २०२३” आयोजना गर्ने भएको छ । कुवेतमा आगामी फेब्रवरी १० तारिख  शुक्रवारका दिन आयोजना हुने उत्सवलाई TVS travels and corgo ले मुख्य प्रायोजन गर्ने भएको छ ।

निरेम प्रोडक्सन कुवेत टिम र Dr S.M. Hyder Ali DPE USA, Chairman of Tvs Hyder Group को हिजो बसेको बैठक उक्त सांगितिक उत्सवको लागी सम्झौता गरेको हो । सातौ वार्षिक उत्वस तथा ( Valentine’s Day ) प्रेम दिवसको अवसरमा नेपालका राष्ट्रिय अतिथि कलाकारहरुको साथमा सांगितिक कार्यक्रम आयोजना गर्न लागेको बताउदै संयोजक प्रेम जिमिले आफ्नो टिम कलाकार छनोटमा लागि सकेको हुदा छिट्टै नै कार्यक्रम हुने स्थान सहित पोस्टर सार्वजनिक गर्ने बताएका छन ।

साथै कुवेतमा कृयाशिल संघ सस्था , भात्रिसंगठन , मिडिया हाउस ,व्यावसायिक , समाजसेवि , बुद्दिजिवि , पत्रकार , कलाकार, लगायत सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनमा कुनैपनि कार्यक्रम नजुधाउनको लागि हार्दिक अपिल समेत गरेका छन ।निरेम ग्रुप अफ कम्पनि अन्तरगत रहेको निरेम प्रोडक्सन कुवेतमा मिडियाको क्षेत्रमा ७ बर्षदेखि कृयाशिल रहदै प्रवासमा परोपकारी पत्रकारीता सगै मल्टिमिडिया सम्बन्धी कार्य गर्दै आएको छ ।

 


सम्बन्धित शीर्षकहरु

गाजा: २२ महिनाभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न नयाँ कूटनीतिक प्रयासपछि हमासले गाजाको लागि नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको…

बगदाद: इराकी अधिकारीहरूले मोसुल शहर नजिकै दाइस समूहका हजारौं पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहानको उत्खनन सुरु गरेको परियोजना निर्देशकले…

तितोपाटी- पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६औँ खट् यात्रा निकालिएको छ। श्रीकृष्णाअष्टमीको रातमा जाग्रामसंगै भोलिपल्ट भगवती जात्रा भब्य रुपमा…

प्रतिकृयाहरू
...