“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
…………………………………
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास :- धर्म, कर्म, मर्म, पर्म, सर्म, चर्म आदि ।
स्थायी :- मिल्ने खालको ।
अक्षर संख्या :- पाँचै पद बराबर सङ्ख्या ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
फुटबल हाने जस्तै हान्यो कर्म बिग्रेर
उथलपुथल हृदय घात मर्म बिग्रेर
के को जात्रा सधैँ, मान यसै पाइन्छ यहाँ
को आफ्नो को पराई धर्म बिग्रेर
लोलोपोतो सर्दैछ अचेल सर्म बिग्रेर ।
१
धोइपखाली सफा सुग्घर चर्म सफा छ
आलोपालो मिलिजुली कार्य पर्म सफा छ
मरी लानु के नै छ र सहयात्रा गर्ने हो
साथमा साथ मन वचन कर्म सफा छ
दुई हातले बजेको ताली धर्म सफा छ ।
२
सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग २
गर्न सके यहाँ कर्म ठुलो हुन्छ
कर्म भित्र पनि मर्म ठुलो हुन्छ
मान्छे भएपछि मान्छे जस्तै गरौँ
सेवा भाव बिच धर्म ठुलो हुन्छ
गाउँ घर सबै पर्म ठुलो हुन्छ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ३
भोट मागिराछन् गाउँघरमा नमानेर सर्म यहाँ
आवश्यक किन भएन जनताको बुझ्न मर्म यहाँ
युवाहरु बेरोजगार भई बिदेशमा भौँतारिँदा
गरौँन भन्दा पाइँदैन रोजगारी अनि कर्म यहाँ
हनुमानहरु ठानेकाछन् भ्रष्टाचार नै धर्म यहाँ ।
तेजप्रसाद खनाल
लमही दाङ ।
पञ्चाङ्ग ४
नामको बयान गर्न लगातार कर्म आवश्यक छ
परस्पर साथमा हुनको लागि पर्म आवश्यक छ
भ्रम फेर्नको लागि, र कञ्चन मनले हेर्नको लागि
सेवाभावको उजागर गर्न त धर्म आवश्यक छ
सबैसँग विश्वास जडित गर्न मर्म आवश्यक छ ।
प्रेम थापा “मन”
पञ्चाङ्ग ५
आन्तरिक वेदनाको मर्म कसले बुझ्ला ?
यो रुधिर र स्वेदको कर्म कसले बुझ्ला ?
खास आफ्नै मन त याहाँ स्थावर हुँदैन
स्वार्थ सिद्ध संसारको सर्म कसले बुझ्ला ?
मानव भेदभावको मर्म कसले बुझ्ला ?
✍️ अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग ६
नमानेर कुनै सर्म यहाँ
गरी साना ठूला कर्म यहाँ
स्थापित गर्नुछ समाजमा
बुझी अस्तित्वको मर्म यहाँ
पवित्र मानव धर्म यहाँ ।
✍️
वसन्त अनुभव
घोराही, दाङ ।
पञ्चाङ्ग ७
आफ्नो आफ्नो कर्ममा लागि परौँ
समयमै धर्ममा लागि परौँ
अरुको पनि आफ्नो सोच्नुपर्छ
दुखियाको मर्ममा लागि परौँ
साटासाट पर्ममा लागि परौँ ।
जमुना आचार्य, सिन्धुपाल्चोक ।
पञ्चाङ्ग ८
आफू मात्रै बाचुँ भन्छ यो मान्छे, प्रकृति धर्म कहाँ होला
सर्वश्रेष्ठ प्राणी भनेको छ यो मान्छेको मर्म कहाँ होला
पालो मिच्छ, बाटो मिच्छ आफै मात्र सर्वेसर्वा बन्नु पर्ने
मिठो मिठो उसैको मुखमा छ बिचरा कर्म कहाँ होला
सभ्यताको नाममा सर्वाङ्ग भइसक्यो शर्म कहाँ होला ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग ९
मानवता धर्म राख्नु
सेवाभाव कर्म राख्नु
मर्दैन तिम्रो अस्तित्व
अाचरण मर्म राख्नु
अनैतिक सर्म राख्नु ।
होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
पञ्चाङ्ग १०
एकले अर्काको पर्म गरौँ
आफुले सकेको कर्म गरौँ
फलको कुनै आशा नगरी
बुझेरै दु:खीको मर्म गरौं
सेवा नै सम्झेर धर्म गरौँ ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
पञ्चाङ्ग ११
देखाउने वाहेक अरु चर्म नदेखाऊ
जानिजानि आफूले कुनै सर्म नदेखाऊ
इज्जत भन्ने कुरा गएपछि आउँदैन
अर्काकाे समस्यालाई नै मर्म नदेखाऊ
आफ्नाे अनुकुल् अनुसारै कर्म नदेखाऊ
म प्र घि
पञ्चाङ्ग १२
जात हैन ठुलाे सानाे कर्म बुझ यहाँ
अरुकाे नि कहिलै त मर्म बुझ यहाँ
अरुलाई घृणा गर्दा आफ्नै हानी हुन्छ
रीति स्थिति संस्कृति र धर्म बुझ यहाँ
ढाक्नुपर्छ आफ्नाे इज्जत सर्म बुझ यहाँ ।
चन्द्रावती अधिकारी