Monday 1st June 2026

लघुकथा: कैँची र सियाे


छायादत्त न्यौपाने ‘बगर’ – रातभर निदाएनन् दानवीर । चतुर्मान र सनकमान वल्लाेपल्लो खाटमा घुरिरहेका थिए । दानवीरले यताउता करबट फेर्दाफेर्दै उज्यालो भयाे।
झुलमुलेमै दानवीर पँधेराँ पुगे । नुहाइधाेइ गरी पानी लिएर घर आइपुगे । घामले डडाल्नु सेके पनि सनक र चतुर फ्वाँफ्वाँ गरिरहेका थिए।
छाेराहरूकाे पारा देखेर हैरान रहेका दानवीरले-हे घाम तिम्रो तापले मेरा छाेराकाे चेत पगालेर गति दिन सकेन त बा ! भनेर सुय्य सुस्केरा काढे ।
घामसँग बाले गुनासाे गरेकाे सुनेर दुवै जना बिउँझे । उनीहरू यताउता गर्न खाेज्दै थिए दानवीरले आफू नजिक बाेलाए । उनेले छानुमा घुसारेर राखेकाे बाैचाे झिकेर ल्याउने अह्राए ।
सनकमानले बौचाे ल्याएर बाका हातमा दिए । बाले बौचाेबाट कैँची र सियो झिकेर हातमा लिँदै भने- चतुर्मान तिमी कैँची लिन्छौ कि सियाे ? बाकाे कुराले सनकमान झस्के- कतै भाइले मलाई मन पर्ने कैँची लियाे भने ! संयाेग चतुर्मानले सियाे लिए । सनमकमान भित्र भित्रै खुसी भए ।
छाेराहरूले रुचि अनुसार हतियार समाते । दानवीर छाेराहरूलाई पछि लाएर नेता बेसुरकहाँ पुगे । उनले भलाकुसारी पछि बेसुरसँग जेठाे छाेरा सनकमानलाई आफ्नाे शिष्य बनाउन आग्रह गरे । बेसुरलाई ढुङ्गा खाेज्दा देवता भेटेझैं भाे । दानवीर धन्यवाद दिएर बाटा लागे ।
दानवीर व्यापारी धनपतिकहाँ पुगे । उनले शिष्टाचार पूरा गर्दै चतुर्मानलाई आफ्नाे चेलाे बनाउन अनुरोध गरे । दानवीरले के गर्न आँटे भनेर केही बेर घाेरिएका धनपतिले पनि सहमति जनाए ।
धनपतिलाई धन्यवाद दिएर दानवीर प्रवृत्ति अनुसार अनुकूल पात्रसँग छाेराहरू जिम्मा लाउन सफल भएँ । अब कैंचीले काट्छ, सियाले सिउँछ भनेर सन्तोषले सास फेर्दै घर फर्के ।

हाल – काठमाडौं


सम्बन्धित शीर्षकहरु

भारतीय सञ्चारमाध्यम Aaj Tak ले हालै नेपालको सीमा विवादसम्बन्धी विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई मुख्य समाचार…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानलाई “पूर्ण र बिना सर्त आत्मसमर्पण” गर्न चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले आफ्नो…

हालसम्म सार्वजनिक भएका विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूका अनुसार, Ali Al Salem Air Base मा इरानले प्रहार गरेको भनिएको एक Fateh-110 ब्यालिस्टिक…

प्रतिकृयाहरू
...