Friday 11th September 2026

फिलिपिन्समा भीषण वर्षापछिको बाढी पहिरोमा परी कम्तिमा ४७ जनाको मृत्यु


दक्षिणी फिलिपिन्समा भीषण वर्षापछिको बाढी पहिरोमा परी कम्तिमा ४७ जनाको मृत्यु भएको छ । त्यहाँको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले शुरूमा ७२ जनाको मृत्यु भएको बताए पनि पछि अपडेट गरेर एकिन तथ्यांक सार्वजनिक गरेको हो ।

बाढी पहिरोमा परी ६० जनाभन्दा बढी बेपत्ता भएका छन् भने ८ हजारभन्दा बढि मानिस घरबारबिहिन भएका छन् भने झण्डै २ लाख मानिसहरू बाढीबाट प्रभावित भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धारको कार्य जारी रहेको छ भने मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...