Friday 18th July 2025

चित्रपट पञ्चाङ्ग भाग: ३५


चित्रपट पञ्चाङ्ग
===========
पञ्चाङ्ग सङ्ख्या : १
मिति : २०७९/०७/०२

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
——————
चन्द्रवती अधिकारी

चित्र सङ्कलक
——————-
मधुसूदन प्रसाद घिमिरे
सामाजिक सञ्जालबाट

समायोजक
—————–
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पैँतिसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

चित्रमा पञ्चाङ्ग
===========

पञ्चाङ्ग १

नेपालमा आएको गणतन्त्र पनि देखियो हेर
इतिहासमा अचम्मको अभिलेख लेखियो हेर
देखाउन खोज्दा खोज्दै बन्यो कुरूप अब गर्ने के
होम जग्य दियो कलश पाउन वर रेखी यो हेर
मेलमिलापमा केके हुँदो रहेछ, सेखी यो हेर ।

सविता के.सी.

पञ्चाङ्ग २

एक पार्टी अर्काेसँग मिलेर भाेट मागे
ठाउँ हेरि नेतासँग काेहिले नाेट मागे
गठबन्धनमा कुन पार्टिकाे विश्वास हाे ?
यसरी देश लुट्नै पर्छ भन्ने खाेट मागे
मतदातालाई गठवन्धन चाेट मागे ।
म प्र घि

पञ्चाङ्ग ३

राते सुँगुर अनि बाख्रोको मिश्रण देखियो यहाँ
एकताको नाममा नै मिलेर खाने भेटियो यहाँ
ताक परे तिवारी नत्र गोतामे भए बारबार
सिद्धान्तका कुरा जति नै गरे पनि मेटिए यहाँ
जनताको नाममा जनताकै घाँटी रेटिए यहाँ ।

तेजप्रसाद खनाल
लमही दाङ ।

पञ्चाङ्ग ४

अनौठा जनावरको रुप भेटिन थालेकोछ अचेल
बहुरुपी गठबन्धन ल’पेटिन थालेको छ अचेल
देशले चुनाब मागेको होकि असल नेतृत्व खोजेको
जनतामा विस्वासका पात्र रेटिन थालेकोछअचेल
पहिचान नचिनिने गरि मेटिन थालेको छ अचेल ।

होम प्रसाद नेउपाने
हालः काठमाडौ ।

पञ्चाङ्ग ५

बहुरङ्गी रूप, त्यो अनेक बेला नै यस्तै छ
मुखे बोली, सत्य हुन्छ हुन्न मेला नै यस्तै छ
हुन्छ रातमा , नरिवल बाँदरको हातमा
बिहान एउटा , साँझ अर्कै खेला नै यस्तै छ
कस्तो यो दुर्गति सधैँ भरी रेला नै यस्तै छ ।

✍️प्रेम थापा “मन” बागलुङ

पञ्चाङ्ग ६

छेक आउँछ जान्छ हेरेर छक्क पर्छन् मान्छे
गर्नै पर्ने नगरेर मनपरि पो गर्छन् मान्छे
बेलामा केही कुराको पनि जोहो गर्नु छैन
छर्नु साचेको बिउ नै पनि पेट भर्छन् मान्छे
सिद्धान्त चाहिँ पोलेर खाइ भन्छन् दर्शन् मान्छे ।

-पशपति राई खोटाङ

पञ्चाङ्ग ७

मुर्कटा जस्तै लाग्ने कस्तो रुप हो
न जनावर न पँक्षी के चुप हो
छेपारा झैँ रङ्ग फेरि के गर्दैछौ
देखेपछि धपक्कै बल्ने धुप हो
ठगबन्धन झैँ चल्ने के खुप हो ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग ८

सुँगुर कुखुरा बाख्रा कुकुर र स्याल मिलेको रहेछ
नचिनिने भएर भर्खरै गाउँतिर छिरेको रहेछ
जो जस्तो रुप लिएर आउँछ पशु र मान्छे चिन्नु होला
यसरी मिल्न कसले कतिकति पैसा दिएको रहेछ ?
हिजोआजको मान्छे किन गति छाडेर हिंडेको रहेछ ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग ९
जनवारहरुको मिश्रणले हुन्छ विचित्र हेर
गणतन्त्रको स्वरूपले मन रुन्छ विचित्र हेर
यो सबै कुरुपता हो, जानिराखौँ एक एक गरी
मिश्रणले बनेको चित्र भित्र जुन्छ विचित्र हेर
दुरुपयोग बेबारले मन छुन्छ विचित्र हेर ।

✍️ अच्युत घिमिरे-तिर्खोला भुटान

पञ्चाङ्ग १०

आधा सुँगुरसँग आधा बाख्रो यता भेटिन्छ
चोर पुलिस भिन्न धारको एकता भेटिन्छ
आफ्नो धर्म बेचेर पनि यहाँ धार्मिक बने
सके सबै फूल काँडा र जहाँ लता भेटिन्छ
छद्मवेशीले लुट्न थाले जताजता भेटिन्छ

श्रीकृष्ण शर्मा पोखरा


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

सुशिल बस्याल "राष्ट्रप्रेमी" -साउने सङ्क्रान्तिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। साउने सङ्क्रान्ति पर्व प्रायः सबै नेपालीका लागि विशेष महत्त्वको चाड हो।…

प्रतिकृयाहरू
...