Friday 18th July 2025

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- एकाउन्नौँ भाग (५१)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/०७/०१
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

अनुप्रास :- रजाई कजाइ मजाइ सजाई लजाई

स्थायी :- मिल्ने ।

अक्षर संख्या :-

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

कजाउनुसम्म त कजाई गयौ
मेरै शत्रुलाई पो रजाई गयौ
शिरमा सिन्दुर मेरो लगाएर
भित्र मनमा अर्कै सजाई गयौ
मुटुमा ठुलै लात बजाई गयौ ।

श्रीकृष्ण शर्मा पोखरा

पञ्चाङ्ग २

आफू मात्र ऊ रजाई गरि
बुहारिलाइ कजाइ गरि
कत्तिन आफू सासू पल्टेकि
काम बिगारे सजाइ गरि
आफ्नाे गल्तिमा लज्जाइ गरि

म प्र घि

पञ्चाङ्ग ३

दुष्टहरुको नै भयो रजाई देशमा
श्रमिकका कुरा गरी कजाई देशमा
के नै गरून् विचरा! ती मजदुर पनि
बसेका छन् आशा यहीँ सजाई देशमा
हिड्न बाध्य देशभक्त लजाई देशमा।

तेजप्रसाद खनाल
लमही दाङ ।

पञ्चाङ्ग ४

घर चिटिक्क सजाई बसेको
लक्ष्मी भजन भजाई बसेको
धन्तेरसको नगन्य उपमा
खैँजडी शंख बजाई बसेको
सिँगारिएर लजाई बसेको ।

जमुना आचार्य
सिन्धुपाल्चोक ।

पञ्चाङ्ग ५

राजनीतिज्ञहरुको रजाइँ भयो देशमा
नाबालकहरुको कजाई भयो देशमा
थोत्रानारा कागजमा मात्र सीमित भए
बेकसुरलाई मात्र सजाई भयो देशमा
आफ्नो गल्तीले आफैं लजाई भयो देशमा ।
सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ६

अबुझ नेताहरूले रजाइ रहेछन्
जान्नेसुन्नेहरू भने लजाई रहेछन्
गर्नेलाईभन्दा पनि देख्नेलाई लाज
भेडा बनाई जनता कजाई रहेछन्
संविधान कागजमा सजाई रहेछन् ।
घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ७

नआएरै याद दिलमा सजाई गयौ
आफन्त भनेर किन हो लजाई गयौ
कस्तो रैछ मन , छोडेर गयौ वचन
नपुग्दै उमेर नै बाजा बजाई गयौ
आखिर मलाई कष्ट मै कजाई गयौ ।

प्रेम थापा “मन”बागलुङ ।

पञ्चाङ्ग ८

राज गर्ने हरु रजाई सके
घरमा साजले सजाई सके
कोही तल्लो त कोही माथी भयो
घमण्डको बाजा बजाई सके
आफनै कर्मले लजाई सके ।

Singer bishal

पञ्चाङ्ग ९

दुई धड्कनमा बराबर रजाई राखेको थिएँ
मनका गहन वाद्य बाजा बजाई राखेको थिएँ
आखिर दिएका वचन तोडेर जानै पर्ने रछ
तेति निच होइन दिलमा सजाई राखेको थिएँ
दस दुनियाको खैरे बोली लजाई राखेको थिएँ ।

✍️ अच्युत घिमिरे- तिर्खोला भुटान

पञ्चाङ्ग १०
दर्पणमा हेरी आफूलाई सजाई रहेकी
फर्कि फर्कि हेरी आफैँ उनी लजाई रहेकी
ढुकढुकी थामी त्याे मिलन आतुर मुटुकाे
साथीसँगीकाे छेडखानीमा मजाइ रहेकी
तैपनि देखावटी झर्केर कजाइ रहेकी ।

टीकाराम जाेशी, टीकापुर

पञ्चाङ्ग ११

आफन्त भन्दै सधैँ डिलमा सजाई रहे म
कतै टाढीन्छ भनी आफैमा लजाई रहे म
को आफन्त हुन भनी पहिचान सकिएन
मीठा कुरा गर्दा सधै ताली बजाई रहे म
स्वार्थी रहेछन् आफ्ना प्रति कजाई रहे म

हेमराज महरा (हाल केरला)
रोल्पा नगरपालिका ५ रोल्पा

पञ्चाङ्ग १२

संस्कृति त खै आफैं लजाइ गइन्
बिकृति नै बिकृति भजाइ गइन्
बस्न सकेन थिति केहिको पनि
आएका जति सबै मजाइ गइन्
मस्ती र चैन मारी रजाइँ गइन् ।

-पशपति राई खोटाङ

पञ्चाङ्ग १३

घर सजाइ जानु छ ।
आफ्नै कजाइ जानु छ ।
आज प्रत्येक मनमा,
माया भजाइ जानु छ ।
किन लजाइ जान छ ?

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग १४

अर्काको शिरमा नाच्यो, कजाइ गर्यो
कमाउने अर्को उसले रजाई गर्यो
आहा! कोहीका त जीवन पनि क्या छ
यस्तो पो जिन्दगी भन्दै मजाइ गर्यो
कठपुतली बनाई सजाई गर्यो ।

सविता के.सी. काठमाडौँ


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

सुशिल बस्याल "राष्ट्रप्रेमी" -साउने सङ्क्रान्तिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। साउने सङ्क्रान्ति पर्व प्रायः सबै नेपालीका लागि विशेष महत्त्वको चाड हो।…

प्रतिकृयाहरू
...