Friday 11th September 2026

म्यानमारमा सेनाको हवाइ हमलामा कम्तीमा ८० जनाको मृत्यु


म्यानमारको काचिन राज्यमा सेनाको हवाई हमलामा कम्तीमा ८० जनाको मृत्यु भएको छ । काचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) को राजनीतिक समूहको ६२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सेनाले हवाई आक्रमण गर्दा त्यहाँ ठुलो संख्यामा हताहत भएको हो ।

सैन्य जुन्ताले कू गर्दै सत्ता आफ्नो हातमा लिएसँगै म्यानमारमा द्वन्द्व जारी रहेको छ । मानव अधिकारवादी संस्थाहरूले त्यसयता त्यहाँ स्वतन्त्रता र अधिकारको अवस्था निकै कमजोर बनेको बताउँदै आएका छन् । सेनाले विद्यालय समेतमा हिंस्रक आक्रमण गर्ने गरेको ती संस्थाहरूले जानकारी दिएका छन् । देशभर नै जुन्ताको शासनविरुद्ध विद्रोही समुहहरु खडा भएका छन् ।

यो घटना त्यहाँको सेनाले फेब्रुअरी २०२१ मा सत्ता कब्जामा लिएपछिको सबैभन्दा खराब हवाई आक्रमण भएको मानव अधिकारवादीहरूले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...