Sunday 21st December 2025

हवाईमार्गबाट आउनेबाट लागु औषध पक्राउ पर्ने क्रम बढेको देखिन्छ


कुवेत विमानस्थलको सुरक्षा व्यवस्था जतिसुकै कडा भए पनि लागु औषध बरामद हुने क्रम रोकिएको छैन । अन्तर्राष्ट्रिय विमानस्थलमा एयर भन्सार अधिकारीहरूले देश भित्र आउने यात्रुहरूबाट गाँजा, ट्रामाडोल, लिरिका चक्की र चरेस बरामद गरेका छन, अल राई दैनिकले लेखेको छ ।

त्यसरी पक्राउ पर्नेहरु विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको दैनिकले जनाएको छ । पहिलो बरामद दिल्लीबाट आएका एक एसियालीलाई गाँजा र घछण् ट्रामाडोल ट्याब्लेटसहित पक्राउ परेका थिए ।

दोस्रो बरामदमा २० थान लिरिका चक्की र चरेस भरिएको चुरोटसहित एक कुवेती पक्राउ परेका छन् । उनी एम्स्टर्डमबाट आएका थिए। तेस्रो बरामदको लागि, एक महिला नागरिकलाई हिरासतमा लिईएको थियो र उनी आफ्नो ह्यान्डब्यागमा तीन टुक्रा चरेस र एक प्रकारको लागुऔषध 130 थान बोकेर एम्स्टर्डमबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी थिइन्।

चौथो घटनामा, बेरुतबाट अर्को कुवेत महिलालाई पक्राउ गरिएको थियो। अधिकारीहरूले उनको साथबाट १५ थान लागुऔषध लिरिका चक्की र एक टुक्रा चरेस बरामद गरेका थिए । पाँचौं बरामदमा, एक कुवेती दम्पतीलाई हिरासतमा लिइयो। उनीहरु बेलायतबाट ४ थान गाँजा, ६ थान गाँजा र लागुऔषध भएको इलेक्ट्रोनिक चुरोट लिएर आएका थिए । बरामद भएका सबैलाई लागुऔषध नियन्त्रण महानिर्देशनालयमा पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...