Friday 18th July 2025

चित्रपट पञ्चाङ्ग भाग: ३४


चित्रपट पञ्चाङ्ग
===========
पञ्चाङ्ग सङ्ख्या : १
मिति : २०७९/०६/२७
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी

चित्र सङ्कलक
———————–
चन्द्रावती अधिकारी

समायोजक
—————–
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चौँतिसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

बिजुली त निस्केको हो कालै हाम्रो गाउँ
सहरभए झिलिमिली यता नराम्रो गाउँ
दियो मुनिको अँध्यारो बनाएछन् गाउँलाई
हराभरा राजदरबार पुट्ट, दाम्रो गाउँ
बनाउने फोस्रो सहर, बलमा काम्रो गाउँ ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

भोलि के होला भन्न सकिन्न इतिहासबाट सिक्नुपर्छ
आज मात्रै रमाउने हैन समाज भोलि पनि टिक्नुपर्छ
मान्छे आफैं पुर्ण छैन,अरुलाई गाली मात्रै किन गर्नु
कसैको मगजमा घमण्ड छ भने त्यो अब झिक्नुपर्छ
असली ज्ञानले बनेको चिज संसारभरी बिक्नुपर्छ!
-पशपति राई खोटाङ्ग

पञ्चाङ्ग ३

राणाहरू गलत थिए भन्छन् नेताहरू
अहिले भने रातारात बन्छन् नेताहरू
कस्को विश्वास गर्नु र यहाँ अहिले हजुर
भ्रष्टाचारको पैसा आखिर गन्छन् नेताहरू
विकास गर्छौँ भनी झुटो कहन्छन् नेताहरू ।

तेजप्रसाद खनाल
लमही दाङ ।

पञ्चाङ्ग ४

बिजुली निकाल्न राणाहरूले पनि जानेका रहेछन्
याे बनेपछि त दियालाे बाल्नु पर्दैन ठानेका रहेछन्
त्यति बेलामा मट्टीतेल नभै दियालाे बाल्नु पर्थयाे
राणा पनि त विकास प्रेमी हुन भनी मानेका रहेछन्
यसकाे लागि पाेखरी बनाउन ठाउँ छानेका रहेछन् ।

नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर

पञ्चाङ्ग ५

पुर्खौली सम्पत्ति जगेर्ना गर्नु राम्रो हो
बत्ती निकाली उज्यालो छर्नु राम्रो हो
आफ्नै देशको पानी सदुपयोग गरी
यी आफ्नै पौरखमा भर पर्नु राम्रो हो
हरिया डाँडा पाखालाई भर्नु राम्रो हो ।

सरस्वती श्रेष्ठ इटहरी ।

पञ्चाङ्ग ६

सके जति गरे पुर्खाले मान्नुपर्दछ
देशकाे शान जाेगाउन जान्नुपर्दछ
कुराकाट्न त अरुकाे सजिलाे नै हुने
जसरी पनि याे संस्कार धान्नुपर्दछ
सबैभन्दा उत्तम जे छ छान्नुपर्दछ ।

चन्द्रावती अधिकारी
काेहलपुर वाँके ।

पञ्चाङ्ग ७

पानीको महत्त्व शैलमा दहले बनाइदिन्छ शोभायमान
स्वस्थकर ज्यान अमृत महले जनाइदिन्छ शोभायमान
सोचले हो परिवर्तन ल्याउने , र विचारले हो मिलाउने
सौहार्दता भए हरेक तहले मनाइदिन्छ शोभायमान
सुख~ दु:खमा नयनको गहले खनाइदिन्छ शोभायमान ।

✍️प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ८

देव मनाएको देश हो यो
प्रेम भजाएको देशहो यो
यही जमिनमा सुगन्ध छ
मूल रसाएको देश हो यो
चन्द्र उदाएको देश हो यो ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ९

फर्पिङ् जल विद्युत याेजना बनाएकाे हाे
मटृीतेलकाे सटृा बिजुली जनाएकाे हाे
नेपालकाे पहियाे विद्युत याेजना हाे रे
टुकि लालटिन् भन्दा पावर भनाएकाे हाे
त्याे बेला एक किसिम खुसी मनाएकाे हाे ।
म प्र घि
शान्ति नगर,

पञ्चाङ्ग १०

बिजुली निकाल्ने गरिन्छ पोखरी बनाई
पानीको कुलोले भरिन्छ पोखरी बनाई
गोलो गोलो घुमेर के उत्पादन होला र
मृत्युको मुखमा परिन्छ पोखरी बनाई
आफैँ नै डुबेर मरिन्छ पोखरी बनाई ।

✍️ अच्युत घिमिरे-भुटान
Sabita
Sabita Khatri
पञ्चाङ्ग ११

गोलाकार पोखरी हेर्दा अति राम्रो
सुन्दर नेपाल हो आहा कति राम्रो
जहाँ जाउ भुल्न सकिदैन खै किन
बिकासको बढिरहेास् है गति राम्रो
संसारमा कहाँ ? नेपाल जति राम्रो ।

तारा घिमिरे

पञ्चाङ्ग १२

हिमालय सदैव अाँखाको नानी छ
अाफ्नै देशमा जलशक्तिको खानी छ
धनी बन्छ देश प्रकृति सम्पदाले
जीवन बचाउने अमृत पानी छ
झिलिमिली पार्ने बिजुलीको मानी छ ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग १३

उज्यालो नहुँदा बनेको पोखरी
जिउँदा बाजेले भनेको पोखरी
सँरक्षण गर्नु कर्तव्य हाम्रो हो
अौंला भाँचीभाँची गनेको पोखरी
डोजर नहुँदा खनेको पोखरी।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग १४

लौ!देशको मुहार फेर्न आयौ तिमी
उज्यालो लिँदै बस्ती घेर्न आयौ तिमी
पहिचान दिँदै परिबर्तन सँगै
विशेष घेरालाई बेर्न आयौ तिमी
इतिहासको पाटो केर्न आयौ तिमी ।

जमुना आचार्य , सिन्धुपाल्चोक

पञ्चाङ्ग १५

बाँच्दै छन् यी नेताहरू किन विगत बेचेर
भरेका छन् भुँडी हिजोको विरासत बेचेर
एसियाभर दोस्रो भाथ्यौँ फर्पिङ बिजुलीले
अहिले मक्ख सगरमाथाको छत बेचेर
भविष्य नै अन्धकार भयो प्रभात बेचेर ।

श्रीकृष्ण शर्मा पोखरा


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

सुशिल बस्याल "राष्ट्रप्रेमी" -साउने सङ्क्रान्तिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। साउने सङ्क्रान्ति पर्व प्रायः सबै नेपालीका लागि विशेष महत्त्वको चाड हो।…

प्रतिकृयाहरू
...