“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार ”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/०६/२५
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
======================
अनुप्रास :- आफू खुसी
स्थायी :- मिल्ने खालको ।
अक्षर संख्या :- १६
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
घृणाले हेर्यौ आँखा तरेर गयौ के भयो त
मलाई छाडी अन्तै सरेर गयौ के भयो त
आयु रहुन्जेल वायुले पनि छुँदैन साथी
विपत पर्यो हेर्यौ तरेर गयौ के भयो त
पीडामा पीडा अझै भरेर गयौ के भयो त ?
सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग २
कर्म नगरी यहाँ बिचार आफैं फल्ने भए
प्रहार नै नगरी यहाँ दुश्मन ढल्ने भए
कति सुन्दर-शान्त हुन्थ्यो होला है यो दुनियाँ
जहिल्यै पनि मात्रै शितल हावा चल्ने भए
राप र ताप बिना नै ढुङ्गा पनि गल्ने भए !
-पशपति राई खोटाङ्ग
पञ्चाङ्ग ३
आजभोलि त चुनावको चटारो चलेको छ
यो गर्छौँ ऊ गर्छौँ भनेेर नेताले छलेको छ
जनताका समस्या त जस्ताको तस्तै छन् तर
पीडै पीडामा नै महङ्गीले मन जलेको छ
राष्ट्रप्रेमी नेता नहुँदा देशमा खलेको छ ।
तेजप्रसाद खनाल
लमही दाङ ।
पञ्चाङ्ग ४
यो जिन्दगानी प्रकृतिको रिन भनेर जान्नु
सारा अवधि भाग्यशाली दिन भनेर जान्नु
सङ्घर्षै सङ्घर्ष तोकिएको चोला पाएकोछ
गरौँ भन्दै नगर्नु बुद्धि हिन भनेर जान्नु
किम्मती पला खेर फाल्न घिन भनेर जान्नु ।
✍️ अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग ५
किसानीको जीवन मेला पर्मले चलेको छ
मजदुरको पनि आफ्नै कर्मले चलेको छ
सरकार नाम मात्रैको छ काम हैन गर्ने
गरिबको के कुरा गर्नु मर्मले चलेको छ
हिन्दुराज्य नेपाल खास धर्मले चलेको छ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
पनौती न.पा.-३, काभ्रे ।
पञ्चाङ्ग ६
छाेरीहरू आज हिँड्न मान्ने गर्छन् हार अब
बेसुर डर नमानी गर्छन् बलात्कार अब
अन्यमा परे फसाइदिए भन्दै कराउँदै
पैसाकै लागि हाे याे आउँछन् समचार अब
सबै कुरा सत्य बाेल्न लगाउँछन् बार अब ।
सावित्रा नेपाली सबु
बागलुङ ।
पञ्चाङ्ग ७
जल्दाे बल्दाे डेङ्गु राेगले पिरेकाे अवस्था हाे
नागरिक्ले दु:खैले कर तिरेकाे अवस्था हाे
नेता राेगकाे भन्दा चुनावी माहाेलमा व्यस्त
नियममा नागरिक्ले छिरेकाे अवस्था हाे
सरकारद्वारा जनता गिरेकाे अवस्था हाे ।
म प्र घि
पञ्चाङ्ग ८
गाउँ र बस्ती भिजाइ सारा सतायो पानीले
आकाशबाट खसाइ तारा सतायो पानीले
खोला र नदी उर्लेर आए चौतर्फी डुबाए
दानव जस्तो भएर मारा सतायो पानीले
असोज मास देखाइ पारा सतायो पानीले ।
– आर्त अकुलीन, देवाश्रम, कैलाली
झ्याउरे छ्न्द पञ्चाङ्ग ९
~~~~~~~~~
नैतिक छैन, आग्रह हैन, झारेर के पायौ
फलेको हाँगो,बाँधेर धागो तारेर के पायौ
वारि र पारि ,मन त्यो सारी,के गर्न खोजेको
वरको घर , पारेर पर , सारेर के पायौ
सद्भाव छोडी,दिमाग मोडी,बारेर के पायौ ?
✍️प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १०
बर्स्याे दिनदिनै दर्केर खेतबारीमा पानी।
भ-याे तीनतिरै तर्केर खेतबारीमा पानी।
जता जाउँ जलाशयमा जलमग्न जीवन,
प-याे पिरपिरै पर्खेर खेतबारीमा पानी।
ग-याे बिनबित्थै बर्सेर खेतबारीमा पानी।
टीकाराम जाेशी, टीकापुर
Sabita
Sabita Khatri
पञ्चाङ्ग ११
काँडै काँडाको बीचमा फुलेको हुन्छ, जिन्दगी
अनेकौं त्यो दुःख पीडा भुलेको हुन्छ, जिन्दगी
सङ्घर्षको त्यो यात्रा सधै आफै तयार गर्नु
त्यही यात्रा विशेषमा दुलेको हुन्छ, जिन्दगी
सफलताको घोलमा घुलेको हुन्छ, जिन्दगी ।
Singer, bishal
पञ्चाङ्ग १२
सिस्नु छुन हुन्न भन्थे, फोका उठ्न सक्दो रैछ ।
चोली तुना फुन हुन्न, धोका जुट्न सक्दाे रैछ ।
नाबालिका छुन लाग्दा ,नखाएको बीस लाग्ला ,
प्रेम लुट्दै पोको भरे, पोका फुट्न सक्दो रैछ ।
बाख्रीलाई रिस उठे, बोका कुट्न सक्दो रैछ ।
लक्ष्मी प्रसाद मिश्र
लमजुङ सु न पा ७
पाउँदी बजार
पञ्चाङ्ग – १३
पाेल्टाकाे पाेख्याै भुइँमा अब पाइन्न खाेजेर
साष्टाङ्ग ढाेग शरण पर्दा अाइन्न खाेजेर
हातमा पर्याे विशाल माछाे फुत्कायाै गर्वले
हिरिक्क हुँदै गुहार माग्दा धाईन्न खाेजेर
सदैव दास बहर तिम्रा दाइन्न खाेजेर ।
सुरेश चन्द्र घिमिरे
लमजुङ ।
पञ्चाङ्ग १४
दिक्क पार्याे चुनावले बिना अर्थ चटाराे छ
लछार्पाटाे लाग्ने छैन विराेधकाे झटाराे छ ।
जति उफ्रे भ्यागुताकाे सन्सार नै कुवा भयाे
गासबास कपासकाे मात्र सधै खटाराे छ ।
तुल झन्डा प्रचारकाे सधैँभरि लठाराे छ ।
१
बालेन झैँ स्वच्छ छवि हुनेहरू आए हुनी
हर्क साङ्पाङले जस्तै चट्ट टिकट पाए हुनी
यी आमाकाे दुधकाे भारा तिर्ने मर्द अघि सर
न्याय बुझ्ने जनताले रक्त छाप लाए हुनी
देश बेची खाने हैन श्रम बेची खाए हुनी ।
२
चन्द्रावती अधिकारी
काेहलपुर वाँके ।
पञ्चाङ्ग १५
भित्रका कुरा बाहिरीसॅग नखोल्नु कहिल्यै
नजानीकन रीसमा प्वाक्क नबोल्नु कहिल्यै
भरोसा छैन कसैको यहाॅ आफन्त भने नि
पसिनासॅग ऑसुका थोपा नमोल्नु कहिल्यै
बाॅच्नकालागि संपत्ति त्यसै नपोल्नु कहिल्यै ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग १६
हिजो अस्तिदेखि पानी परिरहेको छ दर्केर म के गरूँ
तिमी सधैँ बस्छौ काम भएन भन्दै झर्केर म के गरूँ
म कहाँ जाऊँ के गरौँ त यस्तो अवस्थामा प्रिय
तिमी मदेखि टाढा गयौ सधैँका लागि तर्केर म के गरूँ
अब कहिले नी आउँदिन यहाँ भन्दै फर्केर म के गरूँ ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १७
चुनावको चटारो जताततै चलेको छ
यी नेताका झुटा आश्वासनले छलेको छ
जनताका समस्या भने उस्तै नै छन् यहा,
जनताको मन महङ्गीले धेरै जलेको छ
राष्ट्रप्रेमी नेता नहुँदा देश गलेको छ।
दुर्गा भट्टराई
मोरङ