Saturday 15th November 2025

इन्डोनेसियाको सबैभन्दा ठुलो मस्जिदमा मर्मतको क्रममा भीषण आगलागी


बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सबैभन्दा ठूलो मस्जिदको मर्मतको क्रममा भीषण आगलागी भएको छ । आगलागीका कारण मस्जिद भत्किएको छ ।

उक्त घटना स्थानीय समय अनुसार बुधबार दिउँसो ३ बजे उत्तरी जकार्ताको जामी मस्जिदमा भएको हो । मस्जिदमा मर्मतको काम चलिरहेको थियो ।

यो मस्जिद इस्लामिक स्टडीज एण्ड डेभलपमेन्टसँग सम्बन्धित थिंक ट्याङ्क जकार्ता इस्लामिक सेन्टरको परिसरमा बनेको छ । आगो निभाउन १० वटा दमकल घटनास्थल पुगेका थिए ।प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।


सम्बन्धित शीर्षकहरु

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

प्रतिकृयाहरू
...