Wednesday 7th October 2026

बाढीबाट सयौको मृत्यु


पाकिस्तानमा आएको बेमौसमी बाढी को हृदयविधारक दृष्यको अन्त नहुदै अफ्रिकन मुलुक नाईजेरिया मा सोही प्रकृतिको बाढीले जनजिवन तहसनहस बनाएको समाचार छ ।

अमेरिकन न्युज एजेन्सी सिएनएन का अनुसार कम्तिमा पनि त्यहाँ ५०० जनाको बाढीका कारण मृत्यु भएको छ भने १४ लाख मानिस बाढीग्रस्त क्षेत्रबाट अन्त सर्न परेको छ । त्यहाँका मानव सनसाधन मन्त्रीका अनुसार दशकौ पछि नाईजेरियाले यस्तो समस्या व्यहोर्न परेको हो । करिब १५ सय भन्दा धेरै घाईतेहरुको उद्धार गरिएको छ । बाढीका कारण त्यहाँ मानविय संकट आईपरेको छ । सरकारी प्रेस विज्ञप्तीमा अनुसार ४५ हजार २४९ घरहरु बाढीले पुन बस्नै नमिल्ने गरी पूर्ण रुपमा क्षति गरेको छ ।

पृथ्वीमा अनौठा प्रकारका प्राकृतिक प्रकोपहरु बढन थालेका ले यसको भविश्यको विषयमा समेत बैज्ञानिकहरुले चिन्ता व्यक्त गर्न थालेका छन । बेमौसमी बाढी, पहिलो र भूकम्प तथा सुनामीहरुले कुन देशमा के घटना घट्छ भनेर यसै भन्न नसक्ने अवस्था आएको देखिन्छ । जलबायु परिर्वतन ले पृथ्वीमा अनौठा प्राकृतिक घट्नाहरु घट्नुमा ठुला र विकशित मुलुक जिम्मेवार रहे पनि साना र गरिब मुलुकहरुले त्यसको मुल्य चुकाउन परिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

फ्रान्सभर विद्यार्थीहरूले विद्यालयमा शिक्षक अभाव, अत्यधिक भीडभाड भएका कक्षाकोठा तथा जीर्ण शैक्षिक पूर्वाधारको विरोध गर्दै आन्दोलन तीव्र पारेका छन्। यो…

प्रतिकृयाहरू
...