Thursday 22nd January 2026

थाइल्याण्डको एक प्री-स्कुलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३४ जनाको मृत्यु


थाइल्याण्डको उत्तर-पूर्वी सहर नोङ बुआ लम्फुस्थित एक प्री-स्कुल शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा कम्तीमा ३४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले उल्लेख गरेको छ । घटनास्थल राजधानी बैंककभन्दा करिब ५०० किलोमिटर उत्तर ग्रामिण क्षेत्रमा पर्छ । मारिनेहरूमा २० भन्दा बढि बालबालिका रहेको जनाइएको छ ।

प्रहरीका अनुसार मृतकमा बालबालिका र वयश्क दुवै छन् भने बन्दुक चलाउने व्यक्ति हाल फरार छन् । आक्रमणकारीले गोली चलाउनुका साथै चक्कुसमेत प्रहार गरिएको बताइएको छ । आक्रमणकारीको उद्देश्यबारे केही थाहा हुन नसकेको पनि बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारी सेतो रंगको टोयोटाको पिकअप गाडीमा भागेका थिए । आक्रमणकारी पूर्व प्रहरी लागुऔषध प्रयोगकर्ता रहेको पाइएपछि प्रहरीले गत वर्ष मात्रै बर्खास्त गरेको थियो । थाइ सञ्चार माध्यमका अनुसार भने उनले आफ्नो श्रीमती तथा बच्चाको समेत हत्या गरेका छन् भने उनी पनि मृत फेला परेका छन् ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...