Thursday 2nd May 2024

दुर्गा निराैलाका ९ विविध मुक्तकहरू


मुक्तक*
तिमी र मेरो बिचमा भएको दूरी मास्न मन लाग्छ।
तिमी सँग मेरो हृदयको साईनो गाँस्न मन लाग्छ।
दैव निष्ठुरी भएर होला मेरो पुकार कहिल्यै सुनेनन
साथी ! मलाई पनि त खुसी बटुलेर हास्न मन लाग्छ ।।

तिम्रो यादले मेराे दिलमा अागाे लगाएको छ ।
रुन्न भन्दा भन्दै पनि मलाई बार बार रुवाएकाे छ ।
केही अहम् हजुरमा पनि छ र म मा पनि
त्याे कुरा त व्यवहारले प्रष्ट नै देखाएको छ ।।

हिजाे सम्म सजन थिए म इमान्दार थिए ।
विवशताले अाज मलाई बेइमान बनाएको छ ।
हेर्दा हेर्दै सपनाकाे शहर अाफै खरानी हुन गयाे
त्यसबेला समयले माथि ठुलै ठाउँबाट मिसाइल खसाएकाे छ।।

बर्षाै देखि तिम्रो लागि याे शिर झुकाएर बसेँ ।
मनमा परेका पिरमर्का सबै लुकाएर बसेँ ।
बाह्र वर्ष भयाे तिमी रमाइलोमा दौडिरह्यौ
आज सम्म तिम्रै लागि याे ज्यान सुकाएर बसेँ ।।

मलाई दिए नि तन मन विश्वास लाग्दैन ।
नदेखाउ भो आश्वासन विश्वास लाग्दैन ।
मेरो घरको कुकुर भुक्दा डराउने मान्छे
तिमी बिना मर्छु भन्छन् विश्वास लाग्दैन ।।

तिमी अाउने बाटाेमा सिउँडी हाेइन फुल राेपेकी छु ।
मुखले हाेइन माया त साथी मन भित्र बाट गरेकी छु ।
माया लगाउन खाेजे पनि अाइलाग्छे भनेर हाेला
साथी टाढाटाढा भागे पनि म त नजिकै हुन खाेजेकी छु।।

आँखाले असाध्यै सुन्दर देखेँ विश्वास लागेन ।
व्यवहार अनि आनिबानी देख्दा खास लागेन ।
बोलीको भरमा ढाकिएको इज्जत कसरी टिक्ला
कर्मको रफ्तार देखेर तिमी प्रति आस लागेन।।

घाँटी रेटेर जान्छन् भो चाहिदैन माया मलाई ।
अनेक झुठा प्रस्तावले घेर्छन् यो हृदय जलाई ।
ए ! दयाराम अर्काका श्रीमती ताक्नेहरू हो
अब जल्नेछौ बेस्सरी कोर्दैछु बिद्रोहको सलाई ।।

कसैको छानो उड्छ विचरा हुरीलाई के थाहा
अचानाको पिर व्यथा त्यो खुकुरीलाई के थाहा
अलिअलि रुपले जब घमण्ड जो देखाइदिन्छ
आफ्नै रागले ज्यान लिन्छ कस्तुरीलाई के थाहा।।
✍️✍️✍️
🙏🙏🙏
दुर्गा निराैला


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...