Tuesday 23rd September 2025

चित्रपट पञ्चाङ्ग भाग: ३०


चित्रपट पञ्चाङ्ग
===========
पञ्चाङ्ग सङ्ख्या : १

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी

चित्र सङ्कलक
———————–
लक्ष्मीप्रसाद मिश्र

समायोजक
—————–
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको तीसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

चित्रपट पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

बाध्यतामा जीवन कस्तो कस्तो लाग्यो
गरिबीको जिन्दगी अति सस्तो लाग्यो
दुःख र दुःख भुल्ने यात्रा उस्तै उस्तै
हुने खाने सुरक्षित छन् जस्तो लाग्यो
चित्रमा देखिएको भिन्नता यस्तो लाग्यो ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

तुइनमा जिन्दगी चलेको छ
को भन्छ र विश्वास ढलेको छ
आखिर कहिले पनि नभन्नु
मनभरिको बाटो गलेको छ
पिरले मुटु सदा जलेको छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

कयौँ मान्छेहरू झुन्डिएर यात्रा गरेको छ
कतै रहर छ त कतै बाध्यता परेको छ
बुझिदेऊन ए प्रभु! पीडितहरूको पीडा
कतिपय पारी नपुग्दै बिचमा झरेको छ
अल्प आयुमै गन्तव्यमा नपुगि मरेको छ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ४

कसैको कहरमा छ यात्रा
कसैको रहरमा छ यात्रा
जिन्दगी यस्तै रहेछ साथी
कसैको सहरमा छ यात्रा
कसैको जहरमा छ यात्रा ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ५

घरको छानो पनि चुहिने गरिबको
स्वप्नाको खात पनि तुहिने गरिबको
आधुनिकताले छुन पनि घिनाउछ
नछोएरै पसिना दुहिने गरिबको
इच्छाका थुप्राहरु कुहिने गरिबको !

-पशपति राई खोटाङ

पञ्चाङ्ग ६

तुइनको यात्रा कसैलाई कर छ
जाेखिममै जीवन गुज्रिने डर छ
रमाइलो अनुभव गर्न भनेर
मनमा कसैको तुइन रहर छ
सहरियाहरूकाे यहाँ बेघर छ !

टीकाराम जाेशी, इमाडोल

पञ्चाङ्ग ७

पुल छैन बाध्यता छ तुइनमा तर्न यहाँ
जानी जानी काे आउँछ र खाेलामा मर्न यहाँ
तुइन विस्थापितका कुरा कति गरे कति
अझ‌ै काेही आएकाे छ‌ैन सल्लाह गर्न यहाँ
काे आउँछ त याे अप्ठेराे काममा पर्न यहाँ

नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर ।

पञ्चाङ्ग ८

धन हुनेको जीवन रमाइलो रहरमा बित्दैछ
दुःखीको जीवन सधैँ तुईनको कहरमा बित्दैछ
समय बदलियो बदलियो नेपाली संस्कार पनि
छोडेर अामा त्यो छोराको जीवन शहरमा बित्दैछ
अामाको जीवन रोएर अाँशुको जहरमा बित्दैछ ।

शोभा शाह थापा,
मकवानपुर, हेटौँडा ।

पञ्चाङ्ग ९

रहरै रहरमा कसैकाे छ जीवन
तुइनकाे कहरमा कसैकाे छ जीवन
विकसित भन्छन् कहाँ छ याे देश
भाेकमरी जहरमा कसैकाे छ जीवन
बिलासी शहरमा कसैकाे छ जीवन ।

चन्द्रावती अधिकारी, कबधहलपुर ।

पञ्चाङ्ग १०

कसैलाई रहर छ हेर कसैलाई त्यही किन बाध्यता हुने यहाँ
पेट पाल्नको लागि जोखिमपूर्ण अवसर लिन बाध्यता हुने यहाँ
कठै ! त्यही तुइन पनि हाल्न सम्झनामा झरेको पनि कसको राजै
विकासको नाममात्रको अरबौँ नोक्सान नै दिन बाध्यता हुने यहाँ
कस्ता मिलन भए समस्याको समाधानका तीन बाध्यता हुने यहाँ

✍️✍️
जमुना आचार्य
सिन्धुपाल्चोक

पञ्चाङ्ग ११

परिवर्तन गर्छु म भन्नेले मोज गरिराछन्
सँगै मीठा मीठा परिकारमा भोज गरिराछन्
दुर्गम बस्तीका मान्छे त बाध्य तुइनमा हिड्न
बस्तीहरु बारबार पुलको खोज गरिराछन्
नेता बारबार रमितामा नै पोज गरिराछन् ।
तेजप्रसाद खनाल
लमही दाङ ।

पञ्चाङ्ग १२

हेर्नुहोस् त कसैलाई रहर छ
तुइन कसैलाई त कहर छ
दुखियाको दु:ख देख्छ र कसले
नेतालाई त खुशीको लहर छ
जनतालाई कष्ट कै पहर छ ।

प्रेम थापा “मन ”

पञ्चाङ्ग १३

कसैको साेख त कसैकाे बाध्यता हुने एउटै कुरा पनि
गरिबका गाँस खाेस्दै पूरा गर्छन् धनीले इच्छा पूरा पनि
कहिले अाउला त सुखी अनि खुसी हुने दिन जनताकाे
नेतृत्वले सधैँ अाफ्ना स्वार्थका लागि चलाउँछन् छुरा पनि
निमुखा जनता हुनुपरेको छ सधैँ लाटा र लुरा पनि

रामराजा के. सी.
फर्पिङ, काठमाडौं

पञ्चाङ्ग १४
भन्नै नसकिने जीवन कतिको रहरमा चल्ने गर्छ
विचित्र भएर हैरान कतिको कहरमा चल्ने गर्छ
भोली के हुन्छ कुनै अनुमान गर्न नसकिने बेलामा
कसैको त्यो सुन्दर महल भित्र शहरमा चल्ने गर्छ
यथार्थ सबैको जीवन मृत्युको लहरमा चल्ने गर्छ ।

✍️ अच्युत घिमिरे-भुटान 🇧🇹

पञ्चाङ्ग १५

कोही तुइन झुन्डिन रहरमा छ्न ।
कतै तुइन झुन्डिन कहरमा छ्न ।
हेर्नेलाई भन्दा भोग्नेलाई थाहा हुन्छ ,
सुख सुविधामा बस्ने सहरमा छन
दुर्गम ठाउँमा हिड्ने जहरमा छ्न

बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा


सम्बन्धित शीर्षकहरु

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाइ नियुक्त गरेको छ । विभागको मुख्य अनुसन्धान निर्देशक हुतराज थापा ३…

प्रतिकृयाहरू
...