Friday 15th May 2026

“साहित्यमा वगनासकाली” कृतिको विमाेचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


बगनास गाउँपालिकाकाे अायाेजनामा यहि २२ भदौ २०७९ का दिन शंकरप्रसाद गैरे लिखित “साहित्यमा वगनासकाली” पुस्तक विमाेचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विष्णु खत्री भनभनेलीको अध्यक्षता, सरस्वती चिदीको प्रमुख अातिथ्यता तथा हरिप्रसाद पाठक, टंकप्रसाद भट्टराई, जनार्दन अधिकारी को विशेष अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरू शंकरप्रसाद गैरे, युवराज पाैड्याल, राजेन्द्रगाेपाल सिंह, टंकप्रसाद पन्थ, रामप्रसाद अर्याल, मनाेज अाचार्य, पुष्कर अाचार्य, धातानन्द गैरे, टीकाबहादुर थापा लगायतको उपस्थितिमा “साहित्यमा बगनासकाली” कृतिको सामूहिक रूपमा विमाेचन सम्पन्न गरिएको हो । सो अवसरमा निजामती सेवा दिवसका अवसरमा महिला दाैड, खुला व्याड्मिन्टन तथा निबन्ध प्रतियोगितामा विजयी कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान गरियो ।

प्रमुखअतिथि लगायतका विशिष्ट अतिथिहरूद्वारा कृतिमाथिकाे समीक्षात्मक टिप्पणी गर्ने काम टंकप्रसाद पन्थबाट भयो । एघार अध्यायमा संरचित उक्त अनुसन्धानात्मक कृतिमा बगनास गाउँपालिकामा जन्मेर विभिन्न ठाउँमा रही साहित्यकाे साधनामा लागेका स्रष्टाहरूकाे परिचय, साहित्य साधना, कृति प्रकाशन, कृतिको प्रवृत्ति र याेगदानलाई प्रकाश पारिएको उक्त कृति बगनासकाली गाउँपालिकाकाे दस्तावेजका रूपमा आएको कुरा प्रकाश पारियो ।

आफ्नो लेखकीय मन्तव्य राख्ने क्रममा यो कृति पालिकाकाे सम्पतिका रूपमा रहेको कुरा लेखक शंकरप्रसाद गैरेले गरे । उनले आफ्नो लेखनको पृष्ठभूमि, नेपाली भाषासाहित्यप्रतिकाे सेवा अनि परिवार र साथीहरूकाे सहयोगलाई पनि स्मरण गरे । बगनासकाली गाउँपालिकासँग सहकार्य गरी यहाँको साहित्य सिर्जना र समालोचनाकाे अवस्थालाई अभिलिखित गर्ने महत्त्वपूर्ण कार्य भएको विचार प्रस्तुत गरे । निजामती कर्मचारीहरूकाे अाधिकारिक ट्रेडयुनियन पाल्पाका अध्यक्ष मनाेज अाचार्यले बगनासकाली गाउँपालिकासँग अाफ्नाे भावनात्मक सम्बन्ध रहेको विचार व्यक्त गरी कृतिकार गैरेलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख तथा साहित्यकार टंकप्रसाद भट्टराईले बगनासकाली पालिकाका कर्मचारीहरूका बीचमा भएका विविध कार्यक्रमप्रति साधुवाद प्रकट गरी डा. शंकरप्रसाद गैरेकाे बहुआयामिक व्यक्तित्व र लेखकीय व्यक्तित्वका बारेमा प्रकाश पारे । जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले बगनासकाली गाउँपालिकामा धेरै क्षेत्रका प्रतिभाहरू रहेको सन्दर्भ उल्लेख गरी कर्मचारी दिवसका अवसरमा सबै कर्मचारीलाई बधाई र कृतिकारलाई बधाई ज्ञापन गरे । विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले निजामती दिवसका अवसरमा कर्मचारीहरूले विविध क्रियाकलाप सञ्चालन गरीभव्य रूपमा सम्पन्न गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरे । शंकर उमेरले भाइ भए पनि सम्भावना भएको बहुमुखी व्यक्तित्व हुनुका साथै साहित्यका क्षेत्रमा धेरै कृति प्रकाशन गरेकाेमा गाैरवबाेध भएको विचार राखे । भाैतिक विकास भत्किन सक्छन् तर साहित्य अजरअमर हुन्छ भन्ने महत्त्वपूर्ण विचार राखे उनलेे । बगनासकाली गाउँपालिकाकी अध्यक्ष तथा प्रमुख अतिथि सरस्वती चिदीले कर्मचारी दिवसका अवसरमा सम्पूर्ण कर्मचारीलाई शुभकामना व्यक्त गरिन् । सेवाग्राहीलाई सुशासन र मुस्कानसहितको सेवाप्रवाह गर्ने कुरामा दिवसले सकारात्मक सन्देश दिने कुरा व्यक्त गरिन् । बगनासकाली गाउँपालिकाकाे साहित्यलाई अभिलेखन गर्नका लागि शंकर गैरे सर लगनशील रूपमा लागेर महत्त्वपूर्ण कृति प्रकाशनमा ल्याउनुभएकाेमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिन् । नेतृत्वले मात्र नभई सबैको साझा प्रयत्नले पालिकाकाे विकास गर्न सकिन्छ भन्ने विचार राखिन् उनले । सभापतिकाे भूमिकामा रहेका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले कर्मचारीकाे प्रतिभालाई मुखरित गर्ने विविध कार्यक्रम गरी दिवस मनाइएको सन्दर्भलाई प्रकाश पारे । डा. शंकरप्रसाद गैरेकाे अनुसन्धानात्मक कार्यलाई पुस्तकका रूपमा प्रकाशन गरी बगनासकाली गाउँपालिकाले अनुकरणीय कार्य गरेको विचार उनलेे राखे ।

समाचार सम्भार : टंकप्रसाद पन्थको फेसबुक पेजबाट


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

प्रतिकृयाहरू
...