Wednesday 4th March 2026

खुट्टाको घाउ बढेर क्यान्सर भई खुट्टा गुमाएका कटी भुलको लागि कुवेतबाट आर्थिक सहयोग


तितोपाटी डटकम – खुट्टाको घाऊ बढ्दै गई क्यान्सर भैसकेको र खुट्टा काट्नै पर्ने अवस्थामा पुगेर दाहिने खुट्टा काटेर हाल काठमाण्डाैंमा उपचार गराइरहेका बैतडीका करण कटी भुललाई कुवेतबाट ८३,५६३ (तिरासी हजार पाँच सय त्रिसठी रूपैयाँ)नेपाली रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। वीर अस्पातलको ट्रमा सेन्टरमा सफल सल्यकृया गरी नेपाली साझा मन्चकी कार्यबाहक अध्यक्ष सारदा भुसाल झाको हेरबिचारमा बसीरहेका करण कटीलाई भेटी कटीभुल सहयोग अभियान कुवेतका अभियन्ता कोसेली समुह कुवेतका कोषाध्यक्ष राजन श्रेष्ठको श्रीमती मनोमाया श्रेष्ठ तथा भाई शुरेश श्रेष्ठले आज अगस्ट १३,२०१८का दिन उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन।

सामाजिक सन्जाल मार्फत कटी भुलको अत्यन्तै कस्टकर अवस्था देखी सहयोगको आव्हान गर्दै देश-विदेशबाट सहयोग दाताहरुको सहयोगमा र बिशेष गरी नेपाली साझा मन्चकी कार्यबाहक अध्यक्ष सारदा भुषाल झाको सकृयतामा कटी भुललाई काठमाण्डाैंमा ल्याइ उपचार गराइ राखिएको छ।कटी भुलको लागि कुवेत तथा देश बिदेशबाट सहयोग अभियान चलिरहँदा कुवेतबाट कोसेली समूहको कोषाध्यक्ष राजन श्रेष्ठ र कोसेली समुह अन्तर्गतको तितोपाटी डटकमका प्रधानसम्पादक तथा पत्रकार महासंघ कुवेतको अध्यक्ष हरि कृष्ण न्यौपानेले उक्त सहयोग रकम संकलन गरेका हुन। यस अघी पनि नेपाली साझा मन्चका कुवेत सदस्य मानबिर भुल तथा पश्चिमाञ्चल सेवा समाज कुवेत लगायतले कटी भुलका लागि आर्थिक सहयोग पठाइ सकेका छन।

यस अभियानमा कोसेली समूहको कोषाध्यक्ष राजन श्रेष्ठ र कोसेली समुह अन्तर्गतको तितोपाटी डटकमका प्रधानसम्पादक तथा पत्रकार महासंघ कुवेतको अध्यक्ष हरि कृष्ण न्यौपाने मार्फत सहयोग गर्ने सहयोग दाताहरु निम्न अनुसार रहेका छन।

राजेश बान्तवा -२० केडी
अमृत गुरुङ-२० केडी
राज श्रेष्ठ-१५ केडी
राजन श्रेष्ठ-१० केडी
हरि कृष्ण न्यौपाने-१० केडी
कृति गोले -१० केडी
शान्ति राइ -१०।०५० केडी
कृष्ण कार्की -१० केडी
नेहा राइ -१० केडी
सुन बहादुर तामाङ-१० केडी
प्रकाश तामाङ -१० केडी
माया राई -७ केडी
विश्व श्रेष्ठ -७ केडी
केदार नाथ खरेल -५ केडी
केदार लामा -५ केडी
सुनीता गौतम -५ केडी
राजु कार्की -५ केडी
चन्द्र विश्वकर्मा -५ केडी
रमेश लुइटेल -५ केडी
कल्पना श्रेष्ठ -५ केडी
माया साम्पांहाङ राइ-५ केडी
बिमला पण्डित -५ केडी
छिरिंग शेर्पा -५ केडी
सरिता तामांग -५ केडी
ईलाज श्रेष्ठ -२ केडी
बसन्त थापा -२ केडी
नारायण पोखरेल-२ केडी
आनन्द आचार्य -२ केडी
पुष्प मगर -२ केडी
पूर्ण श्रेष्ठ -२ केडी
जीबन बिक -२ केडी
अम्जद अलि(बंगालादेश) -१.२५० केडी
टोमलाल पराजुली-१ केडी
खड़क कार्की -१ केडी
सूजन के सी -१ केडी
लोमस बास्तोल-१ केडी
शेर सिंह सुनार -१ केडी
गौतम अंगाई -१ केडी
मनीष अंगाई -१ केडी
नारायन काफ़्ले-१ केडी
नबराज पन्थी -१ केडी
माधब पौडेल -१ केडी
तोयनाथ दाहाल-१ केडी
शिब कोइराला -१ केडी
जम्मा २३१.३०० (कुवेती दिनार)

सम्पूर्ण सहयोगी हातहरु प्रति कोसेली समुह कुवेत तथा तितोपाटी डटकम परिवार हार्दिक आभार ब्यक्त गर्दछ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...