Thursday 10th September 2026

अमेरिका-मेक्सिको सीमा नदीमा ८ आप्रवासीको डुबेर मृत्यु


मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ ।

अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागको विज्ञप्तिअनुसार टेक्सासको ईगल पास नजिकै नदीबाट अन्य ३७ जनाको उद्धार गरिएको छ।

युएस बोर्डर पेट्रोल एजेन्टहरूले छवटा शवहरू फेला पारेका थिए भने अरू दुईवटा मेक्सिकन टोलीहरूले फेला पारेको विज्ञप्तिमा जनाइएको छ।

यस क्षेत्रमा दिनभर परेको भारी वर्षाका कारण सो नदीको जलप्रवाहमा तीव्रता आएकाले उद्धारमा कठिनाइ थपिएको थियो।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...