Tuesday 20th January 2026

त्रिलोचन भण्डारीका तीज विशेष पाँच टुक्काहरू


तीज विशेष पाँच टुक्काहरू

चेली माइती सम्बन्धमा आँच नआओस् ,
विकृतिका मति तर्फ झुकाव नजाओस् ।

सभ्य बनोस् भव्य रहोस् नारीको यो तीज,
रोप्न सकोस् समाजमा संस्कृतिको बीज।

हुँदा खाने हुने खाने सँगै बसी दर खाऔँ,
दु:ख कष्ट बिर्सि एकछिन तीज गीत गाऔँ।

मितव्ययी बन्न सकौं,असल सन्देश छर्नसकाैँ,
एकताकाे बिगुल फुकी समाज निम्ति मर्नसकाैँ ।

पर्व मान्दा गर्व लागाेस् सर्म नलागाेस् ,
गर्दा कुनै कर्महरू धर्म नभागाेस् ।

✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...