Tuesday 20th January 2026

लघुकथाः जिन्दगी -आर्त अकुलीन


पहरामा फुलेको एउटा सुन्दर फूललाई हेर्दै उसले भन्यो-“यो जिन्दगी पहरामा फुलेको एउटा सुन्दर फूल जस्तै त रहेछ ।”

वसन्त ऋतुमा फुलेको सुन्दर फूल ऋतु परिवर्तनसँगै क्रमशः त्यसको सौन्दर्य विलिन हुँदै गयो र उक्त ओइलाएको फूल झरेर झरना हुँदै खोलामा बग्न थाल्यो ।

अन्ततः खोलामा बगिरहेको त्यही फूललाई हेर्दै उसले मनमनै गुनगुनायो-“जिन्दगी खोला जस्तै बगिरहेछ … ।”

नदीमा बगिरहेको फूललाई हेरेँ । र मैले फूललाई आफैसँग तुलना गरेँ । आखिर फूल र मेरो जिन्दगी उस्तै-उस्तै रहेछ ।

-आर्त अकुलीन, कैलाली


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...