“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७९/०४/३१
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
======================
अनुप्रास:- धारा, पारा, सारा, नारा, चारा, तारा, थारा, दारा, रारा, अभिभारा, ज्यानमारा आदि मिल्दो ।
स्थायी :- मिल्ने खालको ।
अक्षर संख्या :- १८
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
हुन्छ हुन्छ हुन्न हुन्न भन्ने सबको पारा अचम्म
लुकाएर आफैँ चोरी भयो भन्दै छन् सारा अचम्म
दोधार भयो हो कि होइन कसले भन्दिने हो लौ
बेग्लै छन् चपाउने दाँत हात्तीका ती दारा अचम्म
अधिकार कसले लुट्यो यहाँ अभिभारा अचम्म ।
सविता के.सी.
पञ्चाङ्ग २
हुर्की बढी ठुलो भएपछि दसधारा बिर्स्यौ
पढेर के गर्नु देशप्रति अभिभारा बिर्स्यौ
सिकाएकी थिएँ आफ्नै भेषभुषा र संस्कार
अरुको वाद सिक्दै सिक्दै आफ्नो नारा बिर्स्यौ
सुगाले झै अर्काको जानेर आफ्नो पारा बिर्स्यौ !
– पशपती राई खोटाङ
पञ्चाङ्ग ३
समानताको गुड्डी हाँक्नेको पारा देख्दा पो उदेक लाग्छ
सधैँ छक्याउने अचम्मका नारा देख्दा पो उदेक लाग्छ
सानैदेखि यस्तै सिकेको होकि, हिँड्छौ भ्रष्ट मस्तिष्क बोकी
अगचको बीउ रोप्ने भाइचारा देख्दा पो उदेक लाग्छ
सम्हाल्नै नसक्ने पित अभिभारा देख्दा पो उदेक लाग्छ ।
प्रेम थापा
पञ्चाङ्ग ४
हाम्रा गाउँका उकालीमा पानी खाने धारा सुकेछन्
चैत बैशाख खडेरीले खोल्सा खाल्सी सारा सुकेछन्
पशुपंक्षी वन्यजन्तु सुख्खा लागी अलपत्र भए
सपनीमा पोखराका फेवाताल र रारा सुकेछन्
हिजोआज देश व्यापी आन्दोलनका नारा सुकेछन् ॥
~~~~~~~~~~~~~~~
गुणनिधि घिमिरे दमक झापा
पञ्चाङ्ग ५
पानी नआउने सुकेको त्यो ढुङ्गे धाराको के काम
खाली आश्वासन छ पूरा नहुने नाराको के काम
कायापलट गर्नु पर्छ भन्छन् ठूलो छ अभिभारा,
जिम्मेवारी नभएको भुत्रो अभिभाराको के काम
ज्योति:पुञ्ज नभएको आकाशको त्यो ताराको काम ।
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
पञ्चाङ्ग ६
लेकै फूल्ने लालिगुराँस फेदीको मूल धारा बग्यो
स्वर्ग परी मृगनयनी जल पानले तारा बन्यो
कम्मर त्यो मर्काउँदै जल बोकी पदचाल मार्यौ
नेत्र यताउती डुलाउँदै वाण छाड्दा रारा बन्यो
मुटु जलाउने मन डुलाउने पो पवित्र पारा बन्यो ।
सरिता काफ्ले, कोहलपूर बाँके
पञ्चाङ्ग ७
आकाश माथि, चम्किलो वस्तु, तारा अनौठो लाग्दछ
मायामा डुब्ने, संसार अनि, सारा अनौठो लाग्दछ
समाज आज, बिग्रेको किन, बुझ्नुछ गाउँ समाज
हात्तीको जस्तो, बाहिर हेर, दारा अनौठो लाग्दछ
बुझेर पनि, नबुझ्ने जन, पारा अनौठो लाग्दछ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ८
पानी स्रोत बिना नल गोडेरा कुनै धारा हुँदैन
आकाशमा रात नहुँदा त्यहाँ कुनै तारा हुँदैन
मिहिनेतले आफ्नो मुकाम बनाउँदै गर्नु साथी
सफलता बिना यो संसारमा तिम्रो नारा हुँदैन
बिना लडाईको जीत पाउने कुनै चारा हुँदैन ।
Singer bishal
Kohalpur banke
पञ्चाङ्ग ९
केही गर्छु जस्तो लाग्छ दुनियाँ सारा देख्दा
चकित लाग्छ जूनको वरिपरि तारा देख्दा
एक्लै म मात्र होइन पूर्णिमाको जून पनि छ
चिन्ता लाग्छ नि बरै मानिसको पारा देख्दा
डर लाग्न थाल्यो मलाई ज्यानमारा देख्दा ।
हेमराज महरा
रोल्पा नगरपालिका ५ रोल्पा
हाल इंडिया केरला
पञ्चाङ्ग १०
आकाशमा झिलिमिली तारा देखेर आश्चर्य लाग्छ
सन्सारमा अचम्मको पारा देखेर आश्चर्य लाग्छ
आश्चर्यै आश्चर्यले भरेको जीवन र सन्सार यो
चकचकी र रवाफ सारा देखेर आश्चर्य लाग्छ
आवश्यक बेला हुतीहारा देखेर आश्चर्य लाग्छ ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग ११
सर्वगुण भएकि विधाता तिम्राे पारा प्रशंसा छ
नभ, धर्ती सफर गर्छु जगतै सारा प्रशंसा छ
पूर्णीमाकाे चम्किलाे जुनमा नियाल्दै कल्पना गर्छु
श्रुतीमधुर गर्न सक्ने प्रवाह धारा प्रशंसा छ
विकृत मन जाेड्न सक्ने अद्भुत नारा प्रशंसा छ ।
सुरेश चन्द्र घिमिरे, काठमाडौँ ।
पञ्चाङ्ग १२
के परेछ भवितव्य नभनी साथीले नारा देखायो
आन्तरिक मनमा पालेको तुषको पारा देखायो
कसरी पत्याउनु होइन भन्नु कसरी अचम्म
लुकीलुकी पर्दा भित्र अौँलाले ज्यानमारा देखायो
निर्दोष छु भन्छ रूँदै रुँदै आँसुका धारा देखायो ।
निर्मला सुवेदी, बागलुङ ।