Friday 17th July 2026

अनेसास कुवेत च्याप्टरको १२ औं वार्षिक उत्सव खुला साहित्य वाचन गर्दै सम्पन्न


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको १२ औं वार्षिक उत्सव तथा श्रब्य प्रभाव श्रृंखला भाग २ कुबेतको जिलिब स्थित पपिन्स हलमा सम्पन्न भयो।कार्यक्रम १ बजे भनेर सबैलाई निमन्त्रणा गरेपनि १ घन्टा ढिलाे कार्यक्रम सुरु भएको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको अध्यक्ष प्रविण आचार्यको सभापतित्वमा र नेपाली दुताबास कुवेतका महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख प्रमुख अस्तित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय ज्ञान तथा पानस बत्ति बालेर कार्यक्रम सुरुवात गरेको थियो।

विशिष्ट अतिथिमा गैरआवासीय नेपाली सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी तथा पत्रकार महासँघ कुवेतका सहसचिव हरि बानियाँ विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको अध्यक्ष प्रेम कटुवालकाे उपस्थिति थियोे भने।कार्यक्रममा उपस्थिति उपस्थिति सबैलाई गजलकार तिलाेचन बस्यालले मिठाे गजल बाचनबाट नै स्वागत गरेका थिए भने कार्यक्रम संचालन गोविन्दप्रसाद तिमल्सिनाले गरेका थिए।

साहित्यक कार्यक्रममा शुभकामना मन्तव्य दिनेमा नेपाली दुताबास कुवेतका राजदुत दुर्गा प्रसाद भण्डारी गैरआवासीय नेपाली सघका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी तथा पत्रकार महासँघ कुवेतका सहसचिव हरि बानियाँ ,विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको अध्यक्ष प्रेम कटुवालले शुभकामना दिएका थिए भने कार्यक्रमा तिलाेचन बस्याल, सिर्जना पाण्डे बद्री न्यौपाने राज श्रेष्ठद्वारा गजल बाचन गरेका थिए।

अन्तमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरका अध्यक्षद्वारा सभा विसर्जन गर्दै मीठो गजल वाचन मुक्त गरेका थिए भने कार्यक्रममा उपस्थिति सबैलाई मिष्ठान्न भोजनको व्यवस्था समेत गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

लन्डन। बेलायत सरकारले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीविरुद्ध छानबिन गर्न विश्व फुटबल महासंघ (फिफा) लाई आग्रह गरेको छ। विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई…

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

प्रतिकृयाहरू
...