(१)
मौसम
मीठो
नागको
बिटो।
(२)
निस्केर
आयो
गाउँमा
छायो।
(३)
नागको
राज
पंचमी
आज।
(४)
टाँसेर
नाग
काममा
लाग।
(५)
रचना
ताजा
पंचमी
साझा।
(६)
शिवको
भक्ति
नाग मै
शक्ति।
(७)
सबैले
गर्छन्
नागैले
भर्छन्।
(८)
संस्कृति
यस्तो
बिचित्र
कस्तो।
(९)
पाल्पाली
हामी
धर्मात्मा
दामी।
(१०)
कार्यमा
लाग्छौं
पुजामा
जाग्छौं।
केन्द्रीय सदस्य
जु.सा.स.नेपाल
कृष्ण रेग्मी
झडेवा,पाल्पा
(१)
पंचमी
लाग्यो
नाग नि
जाग्यो।
(२)
पुरेत
जाग
टास्नुछ
नाग।
(३)
टास्न त
आए
नाग नि
ल्याए।
(४)
ढोकामा
नाग
टाँसेर
लाग।
(५)
श्रावण
पर्व
लाग्दछ
गर्व।
(६)
शिवको
गला
नागको
माला।
(७)
बेरेर
बसे
खरानी
घसे।
(८)
सौन्दर्य
लाग्छ
दुख नि
भाग्छ।
(९)
हिन्दुको
धर्म
गरेर
कर्म।
(१०)
अपरम्
पार
बैकुण्ठ
तार।
सकृय सदस्य
जु.सा.स.नेपाल
अम्बिका अधिकारी
झापा,बिर्तामोड
नेपाल
(१)
रङ्ग पो
लायो
पंचमी
आयो।
(२)
घरेलु
माझ
पंचमी
आज।
(३)
नागको
बास
सुरक्षा
आस।
(४)
टाँसेर
नाग
धुपको
राग।
(५)
नागको
ताँती
पंचमी
राती।
(६)
गर्नुछ
पुजा
नखाई
भुजा।
(७)
विश्वास
हाम्रो
चलन
राम्रो।
(८)
दैलोको
माथी
नागको
टाँसी।
(९)
धर्मले
गर्दा
अगाडि
सर्दा।
(१०)
नागको
मर्म
बुझ्नु नै
धर्म।
केन्द्रीय सदस्य
जु.सा.स.नेपाल
शोभा अर्याल
रूपन्देही-१४,बुटवल
(१)
पंचमी
व्रत
नराख
सर्त।
(२)
पुजेर
शिव
इश्वर
देव।
(३)
दर्शन
जाम
शिवको
धाम।
(४)
नागको
माला
गलाको
बाला।
(५)
कैलाश
बस्छन्
संसार
कस्छन्।
(६)
आजको
दिन
ज्ञान नै
लिन।
(७)
चडाई
धुजा
गरौंला
पुजा।
(८)
मिलेर
हामी
जुनेली
छानी।
(९)
जोडेर
साथी
रहन्छौं
माथी।
(१०)
अगाडि
सर्छु
कामना
गर्छु।
सकृय सदस्य
जु.सा.स.नेपाल
शोभा आचार्य,गौतम
काठमाडौं,नेपाल