Tuesday 20th January 2026

लघुकथाः काल -हरिमोहन पोखरेल


एक ठाउँमा दुइटा बाख्राका बोकाहरू कुरा गर्दै थिए । अचानक पहिलोले भन्यो –‘दाई –!!दशैं आउन लागेको छ ।यसपालीको दशैँमा हामीहरूलाई मान्छेहरूले अवश्य काट्ने छन ।सम्झदा डर लाग्छ ।’

उसको कुरा सुनेर अर्कोले भन्यो –‘मान्छे विवेकशील होइन मुर्ख हो भाई । उसलाई त आफूभित्रको बोकोपन पो बलि गर या सधैंको लागि समाप्त गर भनेको त । आजसम्म हामीजस्तो तुच्छ जन्तुको हत्या गरेर खाई रहेको छ । मलाई त शरम लाग्छ ।’
उसले फेरि भन्यो –‘ईश्वरले हामीलाइ कस्तो काल दिएको हो । सम्झदा मुटु कामेर आउछ ।’
उनीहरुको कुरा सुनेर सबै छक्क परे ।

डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...