Saturday 28th March 2026

कविताः माधुर्यको संगम


शार्दूलविक्रीडित छन्द
२०७९/०४/१०, बिहान
अविचल आस्था मणि
छाङ, म्याग्दे, तनहुँ , गण्डकी, नेपाल ।

१.
को हौ स्वप्न लिएर दिन्दिन खडा हौ के महानायिका
लेखें गीत, उपासना हजुरको हे प्रेम अध्यापिका
आहा अक्षरमा विभोर युवती, बन्दै गयौ चर्चित
पाएँ पत्र पराग वास, सुषमा, बन्दै छु आकर्षित
२.
सीमा नाघ्दछ प्रेमको मृदुलता, आकाशचारी बनी
दीव्या मङ्ङ सुवासका महकमा झिल्का बन्यो जीवनी
भिन्नै शब्द खुला बने हरफमा, अन्तर्य कोट्ट्याउने
छन् संकेत खुला प्रणम्य विनयी, कौमार्य छोट्ट्याउने
३.
कस्को हैकम प्रेममा अब चलोस्, मन्दाकिनीका अघि
गर्ज्यो मेघ झिलिक्क झिल्किन गयो सौदामिनी जिन्दगी
फुल्दो यौवन कालको मधुरिमा उत्साह उल्लासमा
देखें कञ्चन प्राप्तिबोध सुकिलो अन्तर्यमा झन् घना
४.
गाढा वर्णन गर्न प्रेम ममता उम्ल्री रहेको कवि
झन् मुस्कानवती मुहार महिमा उत्पन्न आभा छवि
इच्छा पावन मूर्तिमान कविता ज्वाला बले दन्दन
एकान्तस्थलमा महामिलनमा के के भए मन्थन
५.
जो बेला शुभ मान्यता अचमका फक्रे, बढे कोपिला
इच्छापूर्ण गराउने अचमका छुट्टै नने सिल्सिला
आस्थाका नमनीयता प्रचुरता जम्दै रहे झन्झन
मालामाल गराउँछन् किरणले माधूर्यको सङ्गम


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...