Saturday 16th May 2026

शिव कुमार रेग्मीका मार्मिक र सान्दर्भिक १० षड्ऋतुहरू


(१)
पाल्पा मेरो गाउँ
जन्मभुमि ठाउँ
मिली जुली सबै
तानसेन जाउँ
भेट हुन्छ मित्र
टुडीखेल भित्र।
(२)
श्रावणको मास
तेजिलो वर्षाले
बनायो नि खास
हलो-जुआँ बोक्ने
खेत भित्र घुस्ने।
धान बीउ रोप्ने।
(३)
हलीले जोत्दैछन्
खेताला रोप्दैछन्
माडी फाँट दृष्टि
रमणीय सृष्टि
पाल्पालीको सान
सम्पूर्णले जान।
(४)
यो सौर्न्दर्य दृष्टि
बिचमा खोला छ
गीतको वृष्टि छ
सुशेली आवाज
दैविक शक्ति यो
पाल्पालीको राज।
(५)
कृषक बस्दछन्
पटुका कस्दछन्
कुलो आली छाटी
कोदालीले काटी
कुना काप्चा खोप्छन्
बीउ धान रोप्छन्।
(६)
गाडी पनि जान्छ
सवारी नि लान्छ
हेर्न हामी जाउँ
माया प्रीति लाउँ
सौन्दर्यको ठाउँ
माडी फाँट नाउँ।
(७)
घाम-घाम जल्दै
यता-उता चल्दै
कृषक बेहाल
सकियो नि माल
ऋणमा फस्दैछन्
चिन्तामा बस्दैछन्।
(८)
रूमाल झिकेर
पानीमा सिंचेर
मुखमा दलेर
गर्मीको फालेर
जादैछन् घाममा
खेत कै काममा।
(९)
सिर आफ्नो छोपी
हलो-जुआँ बोकी
खेतमा झर्दैछन्
हिलोमा लड्दैछन्
आखाँ च्याती देख
षड्ऋतुमा लेख।
(१०)
खेती गर्छन् जुन
अन्न दाता हुन
सलाम छ मेरो
दस अौंला जोडी
पाल्पाली साथीको
उत्कृष्ट माथीको।


साहित्यकार
शिव कुमार रेग्मी
बगनासकाली-२
पोखराथोक,पाल्पा
नेपाल


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...