Friday 11th July 2025

कुवेतमा कपिलवस्तुका विशाल कुँवरको हृदयघातको कारण मृत्यु


मृतकका परिवारलाइ नेपाली दूतावाससँग सम्पर्कमा अाउन दूतावासको अनुरोध

कुवेत – कुवेतमा कपिलवस्तुका बिशाल कुँवरकाे निधन भएको छ ।वैदेशिक रोजगारका लागि कुवेत आएका बिशाल कुँवरकाे हृदयघातका कारण निधन भएको हो।

कपिलवस्तु, बाणगंगा ०१, पिपरा घर भएका
राहदानी नं. ०५७१२५५३ का कुँवर को ११ जुलाई २०२२ का दिन हृदयघातका कारण निधन भएको हाे भने कुवेतस्थित नेपाली दूतावास कुवेतलाई १४ जुलाईमा उनको मृत्यु बारे प्रारम्भिक जानकारी प्राप्त भएको थियो । मृतक कुवेतको मामा मावाहेब रेस्टुरेन्टमा कार्यरत थिए। साेहि रेस्टुरेन्ट छाेडि अवैधरुपमा अन्यत्रै काम गर्दै आइरहेको अवस्थामा हृदयघातका कारण मृत्यु भएको हो ।

कुवेतस्थित नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार मृतकको प्रारम्भिक जानकारी नेपाली दूतावासमा प्राप्त भईसकेको छ। मृतकको पोस्टमार्टम रिपोर्टमा हृदयघातका कारण निधन भएको जनाएको छ। शव स्वदेश पठाउनका लागि कानूनी प्रक्रियाका काम भईरहेको छ।
मृतकको परिवारलाई कुवेत स्थित नेपाली दूतावास कुवेतमा सम्पर्क आउन दूतावासले आग्रह गरेको छ। सम्पर्कको लागि नेपाली राजदूतावासको हटलाइन नं. +९६५-९८८६९१२१ मा सम्पर्क गर्न सकिनेछ ।


सम्बन्धित शीर्षकहरु

बेरुत: लिटानी नदीको दक्षिणमा रहेको आइतत शहरका बासिन्दाहरूले बिहीबार UNIFIL सेनामाथि आक्रमण गरे। आक्रमणकारीहरूले लेबनानी सेनाको एकाइको साथ नदिई वादी…

तितोपाटी- रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बिहीबार बिहान हराएका कर्मचारीहरु गुल्मी जिल्लाबाट…

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

प्रतिकृयाहरू
...