Thursday 10th September 2026

तीन स्रष्टाका खोरियाहरू


जल वायूकाे परिवर्तन्
अति वृष्टि छ खडेरी
जङ्गल सारा फाँडेर
भयाे घडेरी

डम्म ढाक्याे वादलले
भारी वर्षाकाे डर भाे
पुर्ने हाे कि बगाउने
हाम्राे घर भाे ।

हरियाे वन नेपाली
भन्थ्याैं ठूलाे हाे सम्पत्ति
नासिएर बस्ति बढ्याे
ल्यायाे विपत्ति ।

इतिहासकाे पाना भित्र
भविष्यकाे याे सपना
समृद्ध लाै गर्छु भन्ने
भयाे कल्पना ।

जनार्दन अधिकारी धड्कन

खोरिया!!

शान्त सुन्दर छ सौम्य
झरी झम्म हिम धौम्य
साउन रसको धरा
रमण गम्य

धनी असलमा हुन्न
असलले धन छुन्न
पदलोभी लाग्दछन्
झन् पद बुन्न

चेतनदीप बालेर
मनका दाग फालेर
उघ्रेझैँ नभ पालेर
बनौँ गालेर

साउन झरी झरेको
दिलमा शीत परेको
स्रष्टत्व ऊर्जा भरेको
अघि सरेको

गाएर गीत हजार
मनको भरी बजार
स्वच्छतामा सजार
बनौँ जुहार

कलानिधि दाहाल

खोरिया
=======
साउनको भयो वर्षा
खुसियालीको छ चर्चा
चनाखो हुनुहोला सबै
बर्सिन्छ अझै ।

धाँजा परेका गरामा
धान रोपेको धरामा
अलिकति खुसी थप्यो
राहत बढ्यो ।

साउनको महिनामा
शिवको निकै महिमा
कर्म गरे मिल्ला भक्ति
आत्मीय शक्ति ।

मनले भक्ति भाव गरौँ
दैनिक आफ्ना काम गरौँ
मन्दिर धाउन छोड
चित्त यो मोड ।

देश दुखेको धेरै भो
प्रगति पथ दूर यो
अग्रगामी सोच राखौँ
कुरीति मासौँ ।

– घनश्याम रेग्मी


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको पालावान प्रान्तस्थित लोकप्रिय पर्यटकीय गन्तव्य कोरोन नजिक यात्रुवाहक फेरी एमभी जुन एस्टर (MV June Aster) मा आगलागी हुँदा कम्तीमा…

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित…

पूर्वी युक्रेनको महत्वपूर्ण सहर क्रामाटोर्स्क तर्फ रुसी सेना बिस्तारै नजिकिँदै गएको छ। युक्रेनी अधिकारीहरूका अनुसार सहरमा दैनिक रूपमा बम र…

प्रतिकृयाहरू
...