Tuesday 20th January 2026

चिरञ्जीवी ढकालका पञ्चाङ्गहरू


पञ्चाङ्ग-२०७९-०४-०४
८५,
हत्कडी पाउनेले, फेटा सेता पाएकोछ हजुर,
भन्नुस् त जनताले,कस्तो नेता पाएकोछ हजुर?
भन्छन् अझै गर्वले तिनकै, नोकर झोलेहरुले,
जन्ताले अनमोल रत्न, त्यता पाएकाेछ हजुर,
के था जन्ताले कति दुख,यता पाएकोछ हजुर?
८६,
चुरिफुरी नदेखाउ भो, मनको तिमी गरीब,
पाखुरी पनि सानै देख्छु,तनको तिमी गरीब,
हुनु र नहुनुमा तिमी, के नै पृथक होला र?
पर्दा सुकी निस्किने हैन,धनको तिमी गरीब,
बाकसमा भोट देखिन्न, जनको तिमी गरीब।
८७,
साँझ आउनु सल्लाह,गरौँ न है सानू,
एकअर्का माथि भर, परौँ न है सानू,
समाजले हामीलाई, एक हुनै दिन्न,
झिस्मिसेमै तल्लो घाट,तरौँ न है सानू,
मर्नैपरे सँगै हामी , मरौँ न है सानू।
८८,
खेती गर्नु विस्वासको,झुटको गोडमेल,
वल हुन्छ एकतामा, फुटको गोडमेल,
छोडिदैछ नेपालीभै,नेपाली भाषा भेष,
गर्नुपर्छ भित्रिएको, सुटको गोडमेल,
त्यो सुटले जन्माएको,गुटको गोडमेल।
८९,
यो देश त फटाहाले,लुटी खाने भए,
कालेगोरे एकैतिर, जुटी खाने भए,
कामगर्नु केही छैन, बेच्यो अलिअलि,
जे जे दिन्छ छिमेकीले,बुटी खाने भए,
चौतारीमा गफ, चुटी चुटी खाने भए।

चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...